२०८१ वैशाख ६ गते | 18th of April 2024

चुनावको बेलामा गल्ली-गल्लीमा ढुंगा हान्दै धनवीर (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक ७ गते १४:१६

काठमाडौं, गीतकार धनवीर थापा ‘गल्ली–गल्ली ढुङ्गा–ढुङ्गा खरीले मेरो नाम लेख्दै हिँड्ने को होला‘’ भन्दै आएका छन् । उनले बजारमा ल्याउन लागेको चौथो एल्बम ‘खरी’मा समावेश ‘गल्ली–गल्ली‘’को भिडियो सार्वजनिक भएको छ । जसमा राजेशपायल राई को स्वर रहेको छ ।
खुर्पे चन्द्रमा, भूल र फूलमाया एल्बम स्रोता९दर्शकमाझ लिएर आएका गीतकार धनवीरले चौथो एल्बम ‘खरी’मा गल्ली–गल्ली, प्रियसी, सिरसिर, काजु पिस्तालगायत ६ वटा गीत समावेश गर्दै छन् ।
एल्बममा रहेका गीतमा कल्याण सिंह, दाबा गुरुङ, श्याम महर्जनले सङ्गीत दिएका छन् भने राजेशपायल राई, सञ्जीव सिंह र दीपक लिम्बुलगायतको स्वर रहेको छ । उलने एल्बममा रहेका अन्य गीतको पनि क्रमशः भिडियो बन्ने बताए ।
राजेन्द्र पाण्डेले निर्देशन गरेको ‘गल्ली–गल्ली‘’ मा निराजन प्रधान र निशा जोशीलाई फिचरिङ गरिएको छ  । एल्बम भकारी म्युजिक डेभलपमेन्ट कम्पनीको लगानीमा बजारमा आउँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *