२०८१ वैशाख ७ गते | 19th of April 2024

फुटबल खेलको निहुँमा झगडा हुँदा एक जनाको मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १० गते १५:२९

दोलखा, १० कात्तिक । दोलखाको बिगु गाउँपालिका–१ जगतमा कात्तिक १ गते फुटबल खेलको निहुँमा दुई युवा पक्षबिच भएको झडपमा गम्भीर घाइते भएका २८ वर्षीय सरोजध्वज कार्की ज्यान गएको छ ।
कार्कीको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो । कार्कीको शुक्रबार १० दिनपछि उपचारका क्रममा निधन भएको हो । घटनामा संलग्नमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।
कार्कीको हत्यामा संलग्न बिगु गाउँपालिका–२ ओराङका २८ वर्षीय विमल आचार्य र २२ वर्षीय महेश्वर आचार्यलाई पक्राउ गरिएको छ ।– रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *