1

टानमा व्यावसायिक नेतृत्व जरुरी

442 पटक पढिएको

 

काठमाडौँ, १० कात्तिक । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आगामी नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका दुई समूहले आ–आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।
यही १२ गते हुने टानको निर्वाचनका लागि अध्यक्षको प्रत्यासीका रुपमा टानका पूर्व महासचिवद्वय मोहन लम्साल र नवराज दाहालको समूहले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी व्यावसायिक एजेण्डा प्रस्तुत गरेका हुन् ।
निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता गरेका उनीहरूले चुनावी प्रचार प्रसार तीव्र पारेका छन् । दुवै समूहले व्यवसायिक भेला, छलफल र पत्रकार सम्मेलन गरी माहोल आफ्नो पक्षमा पार्न लागिपरेका हुन् ।
यसैसन्दर्भमा मोहन लम्साल समूहले आज चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै टानको संस्थागत सुदृढीकरण, पर्यटन प्रवद्र्धन र व्यावसायिक हक, हितमा लागिपर्ने जनाएको छ ।
अध्यक्षका प्रत्यासी लम्सालले स्वच्छ प्रतिस्पर्धाबाट व्यावसायिक नेतृत्वले टानको नेतृत्व लिई नेपाली पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न अभियान चलाइनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले व्यवसायी भ्याट र स्थानीय करको मर्कामा परेको भन्दै आफू निर्वाचित भएमा सो समस्या समाधान गर्ने बताए  ।
पर्यटन व्यवसायी सागर पाण्डे, केशव पाण्डेलगायतले टानको छविलाई उचो बनाउन लम्सालको नेतृत्व आउन जरुरी भएको उल्लेख गरे  ।
अध्यक्षका अर्का प्रत्यासी नवराज दाहालले पदयात्रा पर्यटन व्यवसायमा सशक्त र अनुभवी समूह भएकाले आफ्नो समूहको जित सुनिश्चित रहेको दाबी गरे  ।
लम्साललाई लोकतान्त्रिक समूह र दाहाललाई वामपन्थी पर्यटन व्यवसायी समूहको समर्थन रहेको छ ।
एक हजार १८६ मतदाता रहेको टानको निर्वाचनले अध्यक्षसहित २५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

तपाईको प्रतिक्रिया

टेक्सास - अमेरिकामा रहेका नेपालीहरुको सफलता र भोगाईहरुलाई समेटेर तयार पारिने टेलिभिजन.. ...

निदेश अधिकारी/भर्जिनिया - सप्ताह मार्फत झण्डै २ मिलियन डलर संकलन गरि सामुदायिक भवन.. ...

Kathmandu - Government of Nepal,  Minister for Tourism Yogesh Bhattarai has pledged full support to the first 'International Himalayan Expo- 2020' to be held in Nepal from April 7 to April 3.  The Himalayan Expo - 2010 will help in BrikutiMandap.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...