२०८१ वैशाख १२ गते | 24th of April 2024

एउटा टुर गाईडको प्रेमकथा

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १३ गते १६:२०

– लक्ष्मण सिटौला

म पाहाडको छोरो । पहाडमा जन्मी हुर्केको । मेरो सालनाल पहाडमै गाडीएको हो । म खेली हुर्की बढेको पहाडमै । पहाड सग म परिचीत र म सग पहाड परिचीत । कहिलेकाही त यस्तो लाग्थ्यो बर्खाको भेलमा बगेको पहिरो म देखेसी चुपचापले बस्छ । मेरा बाबु आमा दाजुभाइ दिदीबहिनी सबैथोक पहाड हुन । पहाड देउता मेरा लागि । भुमे सिमे पुज्नुहुन्थो आमाले अनि पहाडलाई पुजा गर्नुपर्छ भन्ने कुरो मैले आमा बाट सिकेको थिए । मेरो घर भन्दा अलि पर ठुलो महादेव डाडा थियो । त्याहा बर्षको दुई चोटि पन्च्वली पुजा लाग्थ्यो । म बिहान ब्युझेदेखी ननिदाएसम्म पहाड सगै खेल्ने बोल्ने चल्ने दगुर्ने गर्थे ।

एक दिन एकाएक पहाड बाट पढ्न भनेर मेरा बाबुले मलाई शहर ल्याउनुभो । पहाड बाट छुट्टीएर आए । शहरमा पहाड छैन । शहरमा पहाडको स्नेह र जुनेली रात पनि छैन । शहरमा पहाडको सितलता र शान्ति छैन । शहरमा छिमेकीको माया र न्यानोपन छैन । शहरमा कसैसग अपनत्व छैन । शहर एक्लो छ । शहर दुखी छ । शहरमा म एक्लो । पहाडमा पहाड एक्लो । हामी दुई कहिलेकाही बिहानको उज्यालोमा परैबाट वार्ता गर्थ्यौ । हुस्सु फाटेपछी शिवपुरी हेरेर म बेस्सरी रुन्थे ।Image result for image of tourist portwer with his girlfriend
फोटो : गुगल

ठमेलको उकालोमा मेरो कोठा । हरि साहुको घरमा थुप्रै परेवा पालेका थिए । पहाड छोडेर आएपछि हरि साहुको छतमा भएका परेवाको हुल सग मेरो मन रमाउन थाल्यो । गाउँबाट एक महिनालाइ भनेर बोकेर ल्याएको चामल पन्ध्र दिनमै स्वाहा ! शान्ति बिद्यागृह लैनचौरमा ९ कक्षामा अध्ययन गर्थे ।
हरि साहुको घरमा एकजना ट्राभलएजेन्स चलाएर बसेका दाइ थिए कृष्ण लामिछाने । फुर्सद मिलेको समयमा म ठमेल चाहार्थे । त्याहा खुकुरी बेच्ने एकजना बिनोद दाइ सग मेरो दोस्ती थियो । तिन्ले खुकुरी बेचेर दिन्कै एक दुई शय डलर कमाउथे । मलाई भन्थे –
“ह्या त पनि म सगै खुकुरी बेच्ने गर ,पढ्नेहरूले पनि के लछारपाटाे लाएका छनर ? ” काठमाडौं गेस्ट हाउस अगाडि तिनी उभिएर खुकुरी बेच्थे । बाबुले स्कुलमा भर्ना गरेको ६ महिना सम्मत नबिराइ स्कुल गए । तर पछि स्कुल बन्क गर्न थाले। हप्ताको दुई तीन दिन स्कुल बन्क गरेपछि सरहरुको गाली खान थाले । बाबुआमाको कहिले गाली नखाएको म । सरहरुको एकिहोरो गालिले आजित भए र अन्तमा स्कुल सधैंको लागि छोडे ।

स्कुल छोडेपछि म तिनै बिनोद दाइ सग खुकुरी बेच्न थाले । बिनोद दाइले दिनको दशवटा खुकुरी बेचिस भने तलाइ पाँच शय दिन्छु भने । १५ दिनसम्म खुकुरी बेच्दा मलाई बिनोद दाइले पाँच हजार दिए । म दङ्गदास हुनथाले । घरको आर्थिक अवस्था पनि बिग्रेको थियो । बाबुलाई पैसा पठाइदिए । आमा जहिले पनि पुरानो र फाटेको फरिया चोलोमा मेला पर्व गरेको देखेको थिए । आमालाई लुगाफाटो र भाइलाइ खानेकुरा पठाइदिए । गाउँबाट बाबू शहर नआएको धेरै भाथ्यो । म जागीर पनि भएको भन्दिनु भनेर पैसा लुगाफाटो लिएर जाने ढुक्कुर कान्छाको छोरालाई खबर पठाए ।

पढ्न छोडेपछि म फुलटाइम ठमेलको गल्लीमा खुकुरी बेच्न थाले । खुकुरी बेच्दाबेच्दै मलाई अग्रेजी पनि अलिक बोल्न आयो । चौध पन्ध्र बर्षको खाइलाग्दो पहाडमा हुर्की बढेको लरक्क परेको लोर्के ठिटाे म । अलि अलि जुँघाको रेखी बसेको ।रातोपिरो अनुहार । पहाड जस्तै अटेरी ढिट र जिद्दी स्वाभावको थिए म ।

काठमाडौं गेस्ट हाउस अगाडि उभिएर खुकुरी बेच्थे । त्यही अगाडि मनास्लु ट्राभल एन्ड ट्ेक अफिस थियो । त्याहाका प्रोपाइटर थिए पोखराका जगन्नाथ । त्याहा रहदा बस्दा उहाँ सग मेरो चिनजान भएको थियो । उमेरले म भन्दा उनी दाइ थिए । खुकुरी बेच्दा बेच्दा वरिपरिका पसलेहरु सग म परिचीत भएको थिए । जगन्नाथ दाइले कहिलेकाही बोलाएर कफि पिलाउथे । पहिलो चोटि कफिको स्वाद चखाउने मलाई जगन्नाथ दाइ नै थिए । जगन्नाथ दाइको पसल कौल अगाडि जितेन्द्रजीले खैरेलाइ तन्ना बेच्थे । उन्ले तन्ना बेचेर घडेरी जोडीसकेका थिए । उनी पनि स्कुल बन्क गर्दगर्दारहेछ । म सग राम्रै चिनजान भयो ।

असोजको महिना थियो । ठमेल कुइरेले खचाखच भरिन थालिसकेको थियो। आठ दशजना कुइरे कुइरिनीलाइ अघिपछि लगाएर ब्रोकन अग्रेजी बोल्दै हिड्ने केही टुर गाइड लाई चिनेको थिए । तिन्ले मस्त पैसा कमाउछन भनेर मलाई तिनै तन्ना बेच्ने जितेन्द्र दाइले भनेका थिए । अलिक अग्रेजी बोल्न जानेपछी मलाई पनि ती खैरेखैरिनीको टुरिष्ट गाइड भएर यिनलाइ घुमाउन मन लागेको थियो । एकदिन त कसो मनको धोको पूरा नहोला भनेर सोची बस्थे ।

टुरिष्ट गाइड बन्नत नेपाल पर्यटन बोर्डले लिने जाचमा सामेल भएर पास गरेपछि मात्रै टुरिष्ट गाइडको प्रमाण दिनेरहेछ । आफुत ९ कक्षा पनि पास नगरेको परे । त्यो सपना मैले त्यागिदिए । एक्दिन मनास्लुका जगन्नाथ दाइले-

” मनु भाइ तपाईं दशै अगाडि अन्नपूर्ण बेशक्याम्प जाने दुइटी अमेरिकन केटीहरुको भरिया भएर जानुहुन्छ?” भनेर सोध्नुभयो । उहाँले फेरि दोर्याउनु भो ” अमेरिकन ती केटीहरुले तपाईंको खुकुरी किनेका रहेछन मन पर्यो रे मिल्छ भने त्यो केटालाई भरिया बनाएर पठाइदेउन भनेका छन ” ल भन के गर्छौत?”

दाइको कुरा सुनेर म छक्क परे । अल्मल परे । खोइ कस्तो कस्तो पो अनुभुती भो मलाई । गाइड बन्ने धोको तर भरियाको पो अफर आउँछ । ती केटीहरुलाइ खुकुरी बेचेको याद आयो। खुकुरी बेच्दा धेरै बार्गेनिङ गर्नुपरेको थिएन । खुरुखुरु पैसा तिरे तर खुकुरी कहाँ बनेको भनेर सोधपुछ चै गरे । मैले भोजपुरमा भन्दिएको थिए । दुइचोटी फर्की फर्की आएका थिए ।

“विल यु बि हेयर टिल दि इभिनिङ? ” भनेर सोधेका थिए ।
मैले बडा फ़ुर्तिलो भएर ” एस एस ” भन्देको थिए ।दुई गोरीहरुले खुब हेरेका थिए। अहिले आएरपो थाहा भो ।

सात दिनको टुर थियो । टुर गाइड नलिकन जानिरे । जगन्नाथ दाइले भने
” भाइ तिम्लाइ ती केटीहरुले जसरी नि मिलाइदेउ भनेका छन । राम्रै पैसा दिन्छु जाउ” भने ।

तिनीहरूले तिम्लाइ मन पराका छन टिप्स पनि राम्रै दिन्छौ भनेका छन । जाउ भनेपछि मैले पनि नाइ भन्न सकिन । सत्ताइस अठठाईस बर्षका जवानीले धपक्कै बलेका दुई गोरीहरु बिच बसे म । ठमेल गणेशमान चोकबाट बा.अ.च. ११३३ नम्बरको टुरिष्ट बस पोखरातिर हुइकियो । बाबुले शहर ल्याएर छोडेको ठिक ९ महुना पछि मैले बल्ल पहाड देख्न पाउने भए । पहाडको सुगन्ध र खुला आकाशको मजा लिन पाइने भैयो । यहि कुरा मनमा सन्चित थियो मेरो ।

” डिएर मनु ! डाेन्ट फिल यु आर आवर पोर्टर” सोनियाले भनी
” यश मनु यु आर आवर बेस्ट गाइड ,बेस्ट फ्रेन्ड ” लिलीले बोली
” यु आर सो इनोसेन्ट ”
” यु नो नोथिङ बट यु आर ह्यन्डसम बोइ”
” होप यु विल गाइड अस प्रफेक्टली ”

दुइटी लगातार बोलेपछी मैले पनि केहित बोल्नुपर्छ भन्ने सोचे

” इटिज माइ फ्रस्ट भिजीट टु पोखरा एन्ड अन्नपूर्ण बेशक्याम्प बट नो वरिज आइ क्यान डु ”
” वाउ डिएर मनु! एस यु क्यान डु”

पहिलो चोटि केटीहरुको बिचमा बसेर गफिदै बसको यात्रा गर्दै थिए । कतिको जवाफ मैले फर्काए। कतित तिन्ले मेरो आखामा हेरेर बुझे। जे बोले पनि उनीहरूले मेरो बाक्य सहजै बुझिहाल्थे। मन आत्तिएको पनि छ । आधा खुशी आधा छट्पटी अलिकति संकोच अलिक बदमासी मन लिएर थानकोट काटियो । बस सिङ्गो रिजर्भ थियो। बस चालक र खलासी अगाडि बसेका थिए । उसो त चालक लाई पनि अलि अलि अग्रेजी आउदोरहेछ।

गजुरी पुगेपछि चालकले रेस्ट गरु भन्यो । घाम अस्ताउनु भन्दा अगाडिको पहाडी द्र्श्यले मलाई कस्तो रोमाञ्चक अनुभुती गराएको थियो । लिली र सोनिया क्यामरा झिकेर फोटो लिन थाले । तिन्ले पहाडको भन्दापनी मेरो फोटो बढी खिचे।
चालक दाइ आएर मेरा कान फुके-

” मनु भाइ यिनीहरूलाई यहाँ केही सामान किनाउन लगाउनुसन तपाईं हामीलाई कमिसन आउँछ”

पहिलो चोटि थाहा पाए सगै गएका टुरिष्टले केही सामान किने भने गाइडलाई कमिसन आउँछ भनेर । मैले केही पनि किनाइन। यस्तो गर्नुगराउनु वाहियात लाग्यो ।

” डिएर मनु लेटस ह्याभ समथिङ ओके”?

लिली अलिक भोकाएकी देखिन्थी। हामी रेस्टुरेन्टमा खान गयौ। मलाई वाइवाइ चाउचाउ मनपर्थो सबलाइ त्यही मगाए। सोनियाले तीन बोतल बिएर मगाइ । साहुजीले फटाफट बिएर खोल्यो । सोनिया लिली र म भित्री रुममा बसेका थियौ । बिदेशी भनेसी अलिकति राम्रो सम्मान गर्दारेछन । चालकहरु बाहिर थिए ।
अहिलेसम्म मैले बिएर पिएको थिइन । संकोच लाग्यो ।

” आइ एम बिलोङ्सटु हाइएर कास्ट नो बिएर प्लिज ”

मेरो कुरा सुनेर लिली खित्का छोडेर हासी । सोनिया अचम्मित भैरहेकी थिइ । यस्तो लाग्यो कि बियर नपिउने मान्छे उनीहरूले पहिलोपटक देखिरहेका थिए ।

” मिस्टर मनु थापा बिएर इज लाइक वाटर टेक इट आज मच आज यु क्यान नो प्रोब्लम ”
गणेशमान चोकमा बस छुटनु अगाडि जगन्नाथ दाइले भनेको कुरा सम्झिए –
” मनु बाबू तिमी भरिया होइन टुरिष्ट गाइड भएर जादैछौ कुनै पनि कुराको संकोच नमान्नु । यिनीहरूको मज्जाले सेवा गर्नु केहि परे म जिम्मेवार छु अतिथि देवो भव: ”

बोतल बाट बिएर गिलासमा खन्याइदिइ लिलीले।

म अझै दोधारमा थिए। वास्तवमा मैले पो सेवा गर्नुपर्ने थियो तर ती दुइले पो मेरो सेवा गर्न थाले । पानी जस्तैत हो नि भनेसी मैले पनि पिए मज्जाले । भोक लाग्याथ्यो बिएर र चाउचाउ खाइयो । कस्तो रमाइलो लाग्यो । उनीहरूले पनि मज्जाले पिए । हामी तीनै जनाले मस्त रमाइलो गर्यौ।

मेरो कपाल अलि घुमिर्किएको थियो ।मेरो मतलव अलि कर्ली कर्ली परेको । लिलीले मेरो कर्ली परेको कपाल सुमसुम्याइरही । हामी गाडीमा चढयौ । चालक दल अघि बसे । सोनिया भन्दा लिली अलिक चन्चले थिइ। हिस्सी परेकी थिइ । उस्ले हास्दा गालामा खाल्डा पर्थ्यो । बैशले मदमस्त थिए दुवै। पुर्णिामाको अघिल्लो दिनको जुनेली आकाश जस्तो पुरै मातले मात्तिएका।
मैले कहिले पिएको थिइन । पिउदा अर्कै मजा हुदोरहेछ । मनको संकोच बिस्तारै हराउदै गयो । रक्सी लागेको बेलामा मान्छेले किन अग्रेजी बोल्छ भनेको थाहा भो आज ।

असोज महिना यसैत रमाइलो । दशै नजिक थियो । झ्याल बाहिर यसो हेरे । मुग्लीन बजार आइसकेको थियो । लिलीले रेस्ट रुम जान खोजी । उ अघिदेखि म सग निकै नजीकिएर गफ गर्दै थिइ । एक होटेलको बाथरुम लिएर गए लिलीलाइ ।
बाटो क्रस गर्यौ । लिलीले मेरो हात समाइ ।र भनी –

” डिएर मनु यु आर रिएल्ली काइन्ड हार्टेट म्यान आइ लाइक यु ”
मैले केही बोलिन । गाडी बाटोमै थियो । रात छिप्पिदै गयो । त्रीशुली नदीलाइ छोडेर अब हामी आबु खैरीनी हुँदै अगाडि हिडयौ । टुरिष्ट गाडी लक्जरिएस थियो । लिली मेरो काधमा भुसुक्कै निदाइ । सोनिया मेरो काधमा निदाएकी लिलीलाइ देखेर जेलियस भएको जस्तो लाग्यो । तर मैले उस्लाइ हटाउन सकिन । लिली निधाइ । बाटो सुनसान थियो । सोनियाले मलाई हेरेर लामो श्वास फेरि अनि एक्कासि एउटा प्रस्न गर्छे –
” मनु आर यु भर्जिन गाई ?
” हुवाट यु मीन सोनीया”? मैले बुझिन के भनेकी हो सोनियाले
” आइ मीन डिड यु हाभ सेक्स बिफोर”?
” ओ यु मीन ड्याट ? नेभर एभर ”
केटीको मुख बाट पहिलो चोटि यस्तो खालको प्रश्नले म भित्रको मनु अचम्मित भयो ।

“यी कुइरिनीहरुलाइ यति बोल्नु भनेको चिया पिए जस्तै हो मनु भाइ ”
चालक धेरै अनुभवी रेछन । उनी हरेक हप्ता पोखरा आउदारेछन ।
” डाेन्ट बि सिरियस मनु टेक इट इजि एन्ड इन्ज्योइ विथ अस ओके”?

लिली ब्युझीइ । हामी पोखरा पुग्यौ। रातको करिब दस बजेको थियो । बुकिङ गरेको होटेलमा पार्टी चलिरहेको रहेछ। रुममा गयौ । उनीहरू नुहाउन गए । म एक्लो सोफामा बसेर खोइ के के सोच्न थाले । डबल ब्लेक ह्विस्की र तीन सफा गिलासले स्वागत गरिरहेको थियो । अघि बिएर पिएको नसा उत्रिसकेको थियो । लिली नुहाएर मुस्कुराउदै बाथरुम बाट निस्किइ ।

” हे मनु आर यु लुकिङ सो सिरियस म्यान प्लिज ”
” नो नो आइ एम ओके लिली”
जगन्नाथ दाइले यिन्लाइ जसरी पनि सेवा पुर्याउनु भन्नू भाको कुरा सम्झिए । लिलीले फ्रेस रुमाल मेरो काधमा राखिदिइ र भनी-
” मनु गो फर बाथ , इफ यु निड एनि हेल्प प्लिज कल मि”

नुहाउन गए। सोनिया पनि नुहाएर निस्की। दुईवटा बाथरुम थियो । ठुलो कोठामै दुई बेड थिए । हतारले नुहाए ।
नुहाएर निस्किदा ह्विस्की गिलासमा थियो । लिली र सोनिया पिउदै थिए । चालक दललाई अलि सस्तो होटेल बुक गरिदिएको रहेछ । थकाइ लागेको थियोे । खाना रुममै ल्यायो वेटरले । हामी तिनैजना नसामा झ्याप थियौ । एकले अर्काको जुठो पनि खायौ । तर निकै रमाइलो महसुस हुँदै गयो रात । उनीहरू दुवै गीत गाउँदै नाच्न थाले । म पनि के कम थिए र कम्मर हल्लाउन थाले ।

मैले तिन्को सेवा होइन तिन्ले चै मेरो सेवा गर्न थाले । यस्तो लाग्न थाल्यो कि यिनीहरू सग मेरो बर्शौ देखिको चिनारी थियो । उनीहरू एक बेडमा सुते । म अर्को बेडमा कतिबेला निदाए थाहै भएन। एकैपटक खुला झ्यालको फक्लेटा बाट छिरेको बिहानी किरणले गालामा म्वाइ खादा पो झल्यास ब्युझिए । गालामा तातो आयो । किन गालामा तातो आयो भनेर छामेको सुर्यपो छ त नजिक ।

” डिएर मनु गुड मर्निङ ” भन्दै लिलीले तातो चिया हातमा थमाइदिइ। उनीहरू फ्रेस भैसकेका रहेछन । चिया पिएपछी लिलीले ब्रस तुथपेस्ट र फ्रेस तौलिया हातमा थमाइदिइ। र भनि

” मनु प्लिज टेक सावर विथ हट वाटर ” । तर मलाई तातो पानी निकाल्नै आएन । लिलीले ढोका ढक ढक गरि । साबुनले कपाल भिजाइसकेको थिए । तर धन्न हाफ पाइन्टमै थिए । चुकुल खोलिदिए। लिलीले तातो पानी निकालि दिई। कता बाट झुक्किएर लिलीकी जिउमा अलिकति साबुनत लागि गो । उ हास्दै ” डाेन्ट लक योर डाेर” भन्दै निस्किइ।

पोखरा , हेम्जा,फेदीखोला, पोखरीटाेल , कुलडाडा, अस्ट्रेलियन क्याम्प, नर्थफेस सबै घुमेर हामी अन्नपूर्ण बेशक्याम्पमा रमाउन थाल्यौ । सेतो हिमालय पर्वतले मुसुक्क हासिरहेको जस्तो भान हुन्थ्यो । म पहाडको थिए । मलाई देखेर पहाडी हावा पनि चन्चलिन थाले । लिली म र सोनिया यति नजिक भयौ कि फूल र हावा जतिकै नजिक । मैले जिन्दगीमा पहिलो चोटि प्रकृति सग प्रेम मिलेको देखे । हिमाल देखेपछि लिली र सोनिया त पागल नै हुदारहेछन । एउटा हिमाली रुख युरिकेरियाको फेदमा थियौ लिली म र सोनिया । हावाको झोक्काले फुर फुर पारिरहेको मेरो कर्ली कपालमा लिलीले छोइ । गालामा छोइ । चिसोले गाला रातो भाको थियो । लिली बेजोडले कराइ-

” डिएर मनु वी लभ यु सो मच ” आवाज पारिसम्म पुगेर प्रतिध्वनित हुँदै हामीतिरै फर्केर आयो । सोनियाले मलाई न्यानो नर्थफेसको जाकेट लगाइदिइ। लिलीले मेरो निदारमा म्वाइ खाइ । प्रक्रुतिले हामी तिनैलाइ मदहोस बनायो । सत्र बर्षको गाउँले केटो म पहिलो चोटि प्रेमको अनुभुती गरे मैले । लिली र सोनिया सग । निदारमा म्वाइ खाएपछि लिलीले भनी-

” मनु लभ इज नट फर लस्ट , लभ इज नट फर फन, लभ इज नट फर सेक्स , लभ इज नट फर इज्याकुलेसन, इट इज फर टुगेदरनेस एन्ड वे अफ हाभिङ गड ” खोइ कति बुझे मैले लिलीको प्रेमको परिभाषा !
पढ्न बिचैमा छोडेर यो काममा लागेको भनेपछि लिलीले दुख फिल गरि । यता काठमाडौं आएपछि लिली आफै मेरो स्कुल गइ । मेरा सरहरुलाइ भेटि र मेरो एक बर्षको फि तिरिदिइ।
त्यो दिन देखि मैले मिहनतले पढ्न थाले । आज मेरो ठमेलमा क्युरियो पसल छ । मलाई प्रेम, सेवा ,आनन्द ,सम्मान, र आतिथ्यता सिकाउने मेरी गुरुआमा लिली नै हो ।

हाम्रो भेट नभएको धेरै बर्ष भएको थियो । एकदिन मेरो पसलमा अमेरिकाबाट फोन आयो –

“हेलो इज दिस मनु?”
” एस दिस इज मनु स्पिकिङ ”
” ओ दिस इज स्मिथ । सन अफ लिली”
” प्लिज टु मिट यु स्मिथ ”
” सि इज नो मोर इन दिस वर्ल्ड , आइ विल कम टु भिजिट नेपाल सुन”
” ओ सो सरी एबाउट लिली । प्लिज मिट मि व्हिन यु कम”

फोन राखेपछि बेस्सरी रोए । दस बर्ष अगाडि एयर्पोट बाट छुट्टीएर जादा लिलीले मलाई एउटा खाम दिएकी थिइ। त्यो खाम मैले अहिलेसम्म खोलेको थिइन। लिलीको मृत्युको खबरले मलाई सार्है पोल्यो । के रेछ त्यो खाम खोलेर हेरे।
खाममा लिलीले मेरो स्कुलको हेडसरलाई सम्बोधन गरेर लेखेको पत्र थियो ।

” डिएर हेड सर ! मनु इज भेरी जेन्टल बोइ । प्लिज टेक किएर हिम एन्ड हि विल नेभर बन्क हिज क्लास फ्रम नाउ अन ”

पत्रभरी आँसु झर्यो र छोप्यो मेरो आसुले , लिलीले लेखेका प्रेमका अक्षरहरुलाइ !
Attachments area

Leave a Reply

Your email address will not be published. Required fields are marked *