२०८१ वैशाख ६ गते | 18th of April 2024

यो थियो नेइमारले बार्सिलोना छोड्नुको कारण

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १८ गते ७:३६

काठमाडौं १८ कात्तिक । क्लबको बोर्डका कारण नेइमारले बार्सिलोना छोड्नु परेको ब्राजिल तथा बार्सिलोनाका पूर्व खेलाडी रोनाल्डोले बताएका छन् । नेइमारले बार्सिलोना छोड्नुको कारण आफ्नो जस्तै रहेको रोनाल्डोले बताएका हुन् । रोनाल्डोले बार्सिलोनमा एक सिजन खेलेका थिए । उनले सन् १९९७–९८ को सिजनमा इटालियन क्लब इन्टर मिलान जानु अघि बार्सिलोनाबाट ३७ खेलमा ३४ गोल गरेका थिए । राम्रो प्रदर्शनका बाबजुद रोनाल्डो बार्सिलोनमा खुशी हुन सकेनन् र इन्टर मिलान गए । आफू बार्सिलोनको बार्डले खेलाडीलाई श्रेणीगत गर्ने र त्यहि अनुसार व्यहार गरेका कारण छोडेको र नेइमार पनि त्यहि कारण पिएसजी गएको हुन सक्ने रोनाल्डोको भनाई छ ।
नेइमार यहि सिजन विश्व कीर्तिमानी दुई सय २२ मिलियन युरोमा बार्सिलोनाबाट फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) गएका हुन् । नेइमार पनि क्लबमा रहेको अनुक्रमका कारण निराश रहेको खबर आएका थिए । उनले त्यहि कारण उनले क्लब छोडेको र आफूले क्लब छोड्नुको कारण पनि यस्तै रहेको रोनाल्डोले बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *