२०८१ वैशाख १२ गते | 24th of April 2024

‘मिस नेशनल आइकन’ प्रतिस्पर्धाका लागि २० जना युवती छनौटमा

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १९ गते ५:११

काठमाडौं १९ कातिक । ‘मिस नेशनल आइकन–२०१७’ को पहिलो चरणको अडिसन काठमाडौंमा सम्पन्न भएको छ । अडिसनमा सहभागी मध्येबाट २० जना युवतीहरु छनौटमा परेका छन । ब्राइट ईन्टरटेन्मेन्टको आयोजनामा ‘मिस नेशनल आइकन २०१७’ गर्न लागिएको आयोजककले जनाएको छ आयोजकका अनुसार प्रतियोगितामा १६ वर्षदेखि २७ वर्ष उमेर समुहका युवतीहरुको सौन्दर्य तथा प्रतिभालाई प्रोत्साहन गर्न प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजक तथा गायक धनीराम राइले जनाएका छन ।
प्रतियोगिताबाट छनोट भएका प्रतिस्पर्धीहरुलाई यसै सातादेखि प्रशिक्षणमा सहभागि गराइने राइको भनाइ छ । आयोजक राइका अनुसार प्रतियोगिताको कोरियोग्राफी कला सुब्बाले गर्नेछिन् । साथै ग्राण्ड फिनालेका विजेतालाई कार उपहार प्रदान गरिने आयोजक धनिराम राइले बताए ।

अडिसनबाट सोफिया लिम्बु, निर्मला तामाङ, ऐश्वर्य राई, इन्जिता राई, प्रियंका पुरी, साइना सुब्बा, पुजा आङ्देम्बे, सलिना गुरुङ, आरती राई, सञ्जु लिम्बु, देवी मगर,आइशा राई, रश्मी आले, सिमरन लामा, जस्मिन मानन्धर, लेना राई, सम्पूर्ण राई तथा मेरिना तुस्मा, ईन्द्रा राई, प्रभा राई, छनोट भएका छन् ।

प्रतिस्पर्धिहरुलाई एक महिना लामो प्रशिक्षण गराइने छ । प्रशिक्षणमा उनीहरुलाई क्याटवाक, व्यक्तित्व विकास, खेलकुदसहितका विधामा प्रशिक्षण दिइनेछ । प्रतियोगिताको ग्रान्ड फिनाले मंसिर १७ गते काठमाडौंको टुडिखेलमा गरिने आयोजनकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *