२०८१ वैशाख ७ गते | 19th of April 2024

पेरिस सेन्ट जर्मनको एन्जर्समाथि शानदार जित

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १९ गते ५:३७

काठमाडौं १९ कात्तिक । फ्रेन्च लिग १ मा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शनिबार राति एन्जर्समाथि ५–०को शानदार जित हासिल गरेको छ ।
शनिबारको खेलमा नेइमार अनुपस्थित रहे पनि उनको अभाव खड्केको देखिएको थिएन ।
खेल सुरु भएको पाँचौ मिनेटमै ड्यानी एल्भेसको क्रसलाई किलियन एम्बाप्पेले गोलमा परिणत गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । त्यस्तै १४ औँ मिनेटमा जुलियन ड्राक्सलरले पिएसजीका लागि दोस्रो गोल गरेका थिए ।
त्यस्तै फ्रेन्च लिगमा आफ्नो व्यक्तिगत गोल संख्या १ सय पुर्याएका काभानीले खेलको ३० औँ र ६० औँ मिनेटमा एक–एक गोल गरे । एम्बाप्पेले खेलको ८४ औँ मिनेटमा गोल गर्दै पिएसजीलाई ५–० को फराकिलो गोल अन्तरको जित दिलाए ।
यो जितसँगै पिएसजीले १२ खेलमा १० खेलमा जित र दुइमा बराबरी गर्दै ३२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको मोनाको २८ अंक रहेको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *