२०८१ वैशाख ७ गते | 19th of April 2024

एनआरएनए अमेरिकाको सदस्यता छानविन तिब्र गतिमा

खुल्लामन्च
 प्रकाशित: २०७३ चैत २८ गते २३:०९

एनआरएनए अमेरिकाको सदस्यता छानविन कमिटीका प्रमुख तथा एनआरएनए अमेरिकाका महासचिव तिलक श्रेष्ठले अमेरिकामा रहनु भएको एनआरएनएको २०१७-२०१९ सम्मको कार्यकालको लागि हुने निर्वाचनका लागि कायम रहने मतदाता छानविन प्रकृया तीव्रगतिमा भैरहेको जानकारी दिनु भएको छ । एनआरएनए अमेरिकाको सदस्यता छानविन कमिटीले एनआरएनए अमेरिकाको २०१७-२०१९ सम्मका लागि आउने चुनावमा होमिएका नेतृत्वकर्ताहरूलाई भोटहाल्ने मतदाताहरूको बिधान सम्मत पहिचान गरि छानवीन कार्यलाई अझ वढी सशक्त वनाउन आफ्ना छानविन तथा प्रमाणीकरण निर्देशिका कार्यविधि समेत तयार गरि सक्नु भएको छ । उक्त निर्देशिकालाई अध्ययन गरि यहाँहरूलाई लागेको राय सल्लाह र सुझाव दिई यस छानविन कमिटीलाई अझ सशक्त वनाउन मद्दत गर्नु हुनेछ भन्ने छानविन कमिटीका सम्पूर्ण पदाधिकारीहरूले अपेक्षा समेत गरेका छन् ।

त्यसैले (२०१७-१९) को हुन गईरहेको एनआरएनए अमेरिकाको निर्वाचनमा सदस्यता छानविनको कार्यलाई सशक्त वनाउन एनआरएनए अमेरिका का सम्पूर्ण सदस्यहरुलाई सबैको साझा संस्था हो भन्ने अनुभुति गराउन एनआरएनए अमेरिका लागि परेको हो ।

साथै, भेरिफिकेशन कमिटीले आऊने एप्रिल २३ सम्म यहाँहरू लाई फ़ोन वा ईमेल गरी एनआरएनए अमेरिकाको सदस्यताको विषयमा आवश्यक डकुमेन्ट माग्न वा सोधपुछ गर्नसक्ने हुनाले कृपया आफ्नो फोन रीस्पोन्स गर्न र घटीमा दिनको एक पटक ईमेल हेर्न नभुल्नुहोला भन्ने अनुरोध गर्न चाहन्छौं ।

त्यसरीनै एनआरएनए अमेरिकाको सदस्यता छानविन कमिटीले निम्न वमोजिमको निर्देशिका कार्यविधिलाई अध्यान गरि यहाँहरूलाई लागेको विषयमा सल्लाह दिनु परे अर्थात टिप्पणी गर्नुपरेमा तलको लिन्क हेरेर गर्नु होला, धन्यवाद ।

– सर्बज्ञ वाग्ले
मिडिया कोअर्डिनेटर
एनआरएनए अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *