२०८१ वैशाख १२ गते | 24th of April 2024

नर्दन क्यालिफोर्नियाको बिद्धालयमा गोली प्रहार, पांच जनाको मृत्‍यु

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २८ गते २०:२४

क्यालिफोर्निया । क्यालिफोर्निया राज्यको राजाधानी स्याक्रेमेन्टोबाट करिब १३० माईल टाढा रान्चो तेहामा भन्ने स्थानमा अवस्थित एक ईलेमेन्ट्री स्कुलमा गोली चल्दा पांच जनाको मृत्‍यु भएको छ ।

आज बिहान स्थानीय समयनुसार आठ बजे उक्त घटना घटेको तेहेमा काउन्टीका असिस्टेन्ट सेरिफ अफिसर फिल जोन्सनले पत्रकारहरुलाई जानकारी गराएका खबर याहू न्युजले जनाएको छ ।
‘गोली हानिएका आवाजहरु सुनिएको र गोली हान्ने शंकास्पद ब्यक्ती प्रहरीको गोलीद्दारा मारिएको, अधिकारीहरुले अर्ध-स्वचालित हतियारहरु र दुई हाते बन्दुक जफत गरेको’ अफिसर जोन्सनले बताएका छन ।

‘कोर्निङ्ग युनियन ईलेमेन्ट्री स्कुल डिस्ट्रिक्ट’ ले एपीलाई जनाए अनुसार १०० भन्दा बढी गोली हानिएका आवाजहरु सुनिएको थियो । बिद्दालयको झ्यालबाट छिरेर बन्दुकधारीले गोली चलाएको जनाईएको छ ।

फोटो/भिडियो : YAHOO, FOX 25 NEWS

https://www.facebook.com/KRCR7/videos/1573599519361650/

Leave a Reply

Your email address will not be published. Required fields are marked *