२०८१ वैशाख ११ गते | 23rd of April 2024

धान छिट्दै भोट माग्दै नेपाली कांग्रेस ओखलढुंगाका उम्मेदवार

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १ गते १५:३१

ओखलढुंगा २९ कात्र्तिक ।  नेपाली कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार रामहरी खतिवडा तथा प्रदेश सभाका उम्मेदवार मित्रसेन दाहाललाई चुनावी माहोलले भन्दा पनि मंसिरको माहोलले छोएको छ । उनीहरु चुनावी अभियान सञ्चालन गर्दै जादा किसानहरु खेतमा भएपछि उम्मेदवार पनि खेतमा नै पुगेका । मंसिरको बेला धान भित्राउने चटारोमा किसान भएका कारण उम्मेदवारहरु गाउगाउमा पुग्दा किसानहरु खेतबारीमा भेटिने गरेका छन । किसानको अमुल्य समयलाई असर नगरी उम्मेदवारहरु खेतमा नै पुगेर किसानसंगै काम गरेर सहकार्य गर्ने गरेका छन ।
ओखलढुंगाको चिशंखुगढी गाउपालिका स्थित शेर्पामा चुनावी अभियानका लागि त्यहा पुगेका उम्मेदवारले किसानससंगै धानबारीमा पुगेर धान छिट्दै किसानसंगै दुख सुखका कुरा सेयर गरेका हुन । उम्मेदवार दुबै यतिबेला चुनावी अभियानमा संलग्न छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *