२०८१ वैशाख ७ गते | 19th of April 2024

‘भैरे’ मा फर्किए बिक्रान्त बस्नेत, दयाहाङ्गको सुरक्षा कि अभिनयको बर्षा ?

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २ गते २०:२९

काठमाण्डौ । एकपछि अर्को फिल्ममा अनुवन्धित भइरहेका नायक दयाहाङ राई अब पर्दामा ‘भैरे’ बन्ने भएका छन् । मंसिर ४ गतेबाट फ्लोरमा जान लागेको फिल्म ‘भैरे’को एक औपचारिक कार्यक्रमका बीच निर्माण घोषणा गरियो ।

एभरेष्ट सूर्य बोहोराको लेखन र निर्देशनमा बन्ने फिल्ममा दयाका अलावा सुनिल थापा, विक्रान्त बस्नेत, सुरक्षा पन्त, वर्षा सिवाकोटी, वुद्धि तामाङ, अनुभव रेग्मी, जाहन्वी बोहोरा लगायतका कलाकारहरुको अभिनय रहनेछ । फिल्ममा दयाले भैरेको भूमिका निर्वाहा गर्नेछन् । उनको जोडीको रुपमा सुरक्षा देखिँदैछिन् भने वुद्धिकी प्रेमिका वर्षा बन्नेछिन् ।

वर्षाले यसअघि दयाहाङसँग फिल्म ‘लप्पन छप्पन’मा काम गरेकी थिइन् । नेपालय सिनेमा इन्टरनेशनलको प्रस्तुतीमा बन्न लागेको यो फिल्मका कार्यकारी निर्माता देवी माया अधिकारी हुन् ।

‘भैरे’मा यम बराल, लेख बहादुर गुरुङ् (डेनिम) र रघु पुरी सह-निर्माता रहेका छन् । यस फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन तथा सुर्य थोकर र चन्द्र पन्तको द्वन्द्व निर्देशन रहनेछ ।

कार्यक्रममा बोल्दै नायक दयाहाङले ‘भैरे’ राम्रो कथावस्तुमा निर्माण हुन लागेका कारण आफू उत्साहित रहेको बताए । उपल्लो मुस्ताङ, पोखरा र काठमाण्डौमा खिचिने फिल्मको कथावस्तु निकै राम्रो रहेको नायिका सिवाकोटीले बताइन् । यस्तै, अर्की नायिका सुरक्षाले आफूले कल्पना गरेको जस्तै फिल्म पनि बन्ने विश्वास व्यक्त गरिन् ।

पुरुषोत्तम प्रधानले खिच्ने फिल्मका निर्माताको रुपमा प्रेम प्रसाद पौडेल रहेका छन् । ४० दिन छायांकन अवधि राखिएको ‘भैरे’ले गाउँको एक साधारण यूवकको कथा बोल्छ ।

फिल्ममा पटकथा तथा संवाद अभिमन्यू निरवी र दिनेश न्यौपानेको रहेको छ । आगामी तीजमा रिलिज लक्ष्य रहेको ‘भैरे’मा बसन्त सापकोटा, अर्जुन पोखरेल तथा यम बरालको संगीत रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *