२०८१ वैशाख १३ गते | 25th of April 2024

सौन्दर्यको ईतिहासमा पहिलोपटक नेपाल मिस युनिभर्समा, नग्मा श्रेष्ठका लागि भोटिंग आजबाट शुरु

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर ५ गते २१:३६

अमेरिका- इतिहासमै पहिलो पटक नेपालबाट मिस युनिभर्स २०१७ मा मिस नेपाल अर्थ रहिसकेकी नग्मा श्रेष्ठ सहभागी बन्न सफल भएकी छिन |

यसभन्दा अगाडी मिस युनिभर्स को ६५ औ संस्करण सम्म कोहि पनि नेपाली सुन्दरी सहभागी भएकी छैनन् | लगातार को प्रयास पछि यो ६६ औ संस्करणमा मात्र नेपाल डेब्यु गर्न सफल भएको छ जसको श्रेय पनि प्रतियोगी नग्मा लाइ नै जान्छ |

अमेरिकाको लास भेगसमा भैरहेको उक्त प्रतियोगितामा विश्वका विभिन्न देशका ९३ प्रतियोगी प्रतिस्पर्धीहरु सहभागी छन् | कार्यक्रमको फिनाले यही नोबेम्बर २६ मा हुनेछ भने कार्यक्रम को प्रत्यक्ष्य प्रसारण “फक्स” अमेरिकन टेलिभिजन च्यानल ले गर्नेछ |

आउनुस यसपटक देश विदेश सबैतिर रहेको हामी नेपालीहरु मिलेर हाम्रो देश लाई प्रतिनिधित्व गर्दै गएकी नग्मा श्रेष्ठ लाई प्रशस्त भोट गरौ |

भोटिंगको लागि तल रहेको लिंकमा क्लिक गर्नु होला-

http://www.missuniversevote.com/p/online.html

फोटो : नाग्मा फेसबूक

Leave a Reply

Your email address will not be published. Required fields are marked *