२०८१ वैशाख १२ गते | 24th of April 2024

प्रजातन्त्रप्रेमी युवाका ढुकढुकी शंकर भण्डारीको जितको आवश्यकता

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर ६ गते १०:१८
शिव मल्ल
बाल्टिमोर, अमेरीका ।
प्रतिनिधी सभा र प्रदेश सभाको ऐतिहासीक निर्वाचनले देशको चिसो वातावरणलाई गरमागरम बनाएको छ । निर्वाचनको माहौलले देश नै तातेको  बेला एक युवा उम्मेद्वार चर्चामा हुनुहुन्छ, शंकर भण्डारी ।  प्रजातन्त्रका पहरेदार युवा नेता नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले यसअघि तनहुं क्षेत्र नं १ बाट बिजय हांसील गरेको भएपनि यसपटक भने तनहुं क्षेत्र नं २ बाट चुनावी मैदानमा उत्रिनुभएको छ ।
पूर्वमन्त्री भण्डारी क्षेत्र नं २ बाट चुनावी मैदानमा उत्रिदै गर्दा क्षेत्र नं २ मा कांग्रेस कार्यकर्ताहरुमा एक किसिमको उत्साह र उमंग समेत थपिएको छ । निकै उत्साही बनेका कांग्रेसका नेता तथा कार्यकर्ताहरु पूर्वमन्त्री भण्डारीको चुनाव प्रचार—प्रसार अभियानमा समेत जुटिरहेका छन । उम्मेदवारी सगै निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्ताहरु र मतदाताहरुमाझ निरन्तर भेटघाट जारी छ । सिङगो तनहुं लाई आफ्नो घर ठान्ने बिकासप्रेमी नेता भण्डारी युवापुस्तामाझ झनै चर्चित हुनुहुन्छ ।
क्षेत्र नं २ का बस्ती — बस्तीका विषयमा जानकारी राख्ने भण्डारीले क्षेत्र नं २ मा चुनाव लड्दै गर्दा कुनै अप्ठ्यारो महसुस नभएको तथा सिङगो कांग्रेस पार्टी चुनाव लडिरहेकाले आफ्ना पछाडी कांग्रेसका हजारौं कार्यकर्ताहरु भएकोले यस्तो अवस्थामा चुनाव लड्दा कुनै अप्ठयारो नहुने बताउनुहुन्छ ।
यसका अलावा प्रदेश सभामा कांग्रेसका तर्फबाट सशक्त उम्मेदवार प्रदीप पौडेल र ध्रुव वाग्ले समेत चुनावी मैदानमा हुनुहुन्छ । जसले गर्दा पनि चुनावी मैदानमा भिड्न निकै सहज भईरहेको बताउने भण्डारीले केही व्यक्तिहरुले पर्यटक उम्मेदवार भनेको सुनिरहेको तर त्यसमा कुनै तुक नभएको दाबी गर्नु हुन्छ । क्षेत्र नं २ मा पर्यटक बन्न नभई केही गरेर देखाउनका लागि आएको बताउने भण्डारीको जितलाई प्रदेश सभाका शशक्त युवा उम्मेदवार प्रदिप पौडेल धुब्र वाग्लेले अझै सहज बनाइदिनुभएको छ ।
सिंगो तनहुंलाई आफ्नो घर ठान्ने त्रि चन्द्र कलेजका पुर्व स्ववियु सभापती तथा कांग्रेसका निवार्चित केन्द्रिय सदस्य भण्डारीले यसअघि तनहुं क्षेत्र नं १ मा निर्वाचित भएर गरेको विकास निर्माणको निरन्तरतालाई क्षेत्र नम्बर दुईमा पनि शुरुवात गर्न आफु उम्मेद्वार बनेकोले जित पक्का भएको बताउनुहुन्छ । ५ बर्षको अवधिमा जनताको मन छुनै थुपै्र काम गरेको स्पष्ट भएकोले पनि तनहुं क्षेत्र नम्बर २ का जनता भण्डारीलाई जिताउनका लालायीत भएको कांग्रेस कार्यकर्ताहरु नै बताउंछन् । विकासबादी सोच, सरल जिवन तथा सिद्धान्तमा अडिग रहने युवा नेता भण्डारीको जित नै तनहुंवासीको जित हो ।
बाम गठबन्धनले भण्डारीलाई कुनै किसिमको समस्या नपारेपनि उहां पराजित भएमा तनहुं र देशकै लागी ठुलो मुल्य चुकाए सरह हो ।  उमेर, क्षमता र विकासशिल सोच भएका युवा नेता भण्डारी आफ्नो क्षेत्र, समग्र तनहुं तथा देशको समृद्धिका लागी योगदान दिन राजनितीमा आएकोले प्रतिनिधी सभाका लागी तनहुं क्षेत्र नम्बर २ का जनताले बिजयी गराउनु नै आजको आवश्यकता हो ।
आफ्नै पालामा समग्र तनहुं तथा देशकै समृद्धिको सपना देख्ने नेता भण्डारीका अगाडी थुप्रै दृश्य तथा अदृश्य चुनौतीहरु होलान तर तनहुं क्षेत्र नम्बर २ का जनताले छुट्याउने यतीबेला हो निर्वाचनका बेला हो यसर्थ पनि भण्डारीको जितको आवश्यकता हो । भ्रष्टाचार र अनियमितता बिरुद्ध खरो उत्रने नेपाली कांग्रेस र सिंगो नेपाली राजनीतिमा उदाउंदै गरेका एक उर्जाशिल युवा नेता भण्डारीलाई आउनुहोस तपाई हामी सबै मिलर बिजयी बनाऔैं ।
अन्त्यमा, तपाई हामी सबैका नेता, समग्र तनहुं र तनहुं क्षेत्र नम्बर २ का प्रतिनिधी सभाका प्रत्यक्ष तर्फका उम्मेद्वार युवाका ढुकढुकी शालिन र भद्र नेता शंकर भण्डारीलाई बिजयका लागि अग्रिम शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *