२०८१ वैशाख १२ गते | 24th of April 2024

‘नाम बिना’ की राखी गौचन (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १२ गते १८:३५

लस एन्जलस । अमेरिकाको क्यालिफोर्नियाम बस्दै आएकी गीतकार राखी गौचनको नयाँ गीत ‘नाम बिना कति नाता सागर भन्दा गहिरो हुन्छ’ युट्युव मार्फत भर्खरै सार्बजनिक भएको छ ।

चर्चित गायक सुरजकुमार थापाको स्वर, नारायण सुवेदीको सगीतमा सजिएको गीतको संगीत संयोजक किरण कँडेल हुन् । यसमा रिमा विश्वकर्मा र पुस्प खड्काले मोडलिङ गरेका छन् ।

नाम बिना कति नाता सागर भन्दा गहिरो हुन्छ बोलेको गीत सामयिक परिवेशको उपज हो । रिलिज भएको केही दिनमै हजारौंले युट्युवमा गीत हेरिसकेकाले गीतकार गौचन उत्साहित छिन् । यस अघि बानिका प्रधानको स्वरमा गाइएको उनको अर्को गीत पनि युट्युवबाटै सार्बजनिक गरिएको थियो ।

हालसम्म जम्माजम्मी ५ दर्जन हाराहारीमा गीत लेखेकी गौचनका डेढ दर्जन गीत रेकर्ड भैसकेका छन् । सन् २०१६ मा सपनाश्रीले गाएको ‘म मातिएको बेला’ उनको पहिलो रेर्कडेड गीत हो । जसमा यम बरालको संगीत छ । यो गीत बरालको मन भमरा एल्बममा समाबेश छ ।

बानिकाको एकल आवाजमा एउटा र गायक सुरजको आवाजमा अर्को एल्बमको तयारीमा जुटेको गौचनले बताएकी छिन् ।

स्कुले जीवनदेखि नै नाच्न, गाउन, अभियन र कविता लेखनमा रुचि राख्ने राखी गीत लेखनमा गम्भिरभएर लागेको दुई वर्ष मात्रै भयो । जीवनका भोगाईहरुलाई गीत र कवितामा ढालेर पाठक, दर्शक र श्रोतामाझ पस्किरहने उनको चाहना छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *