२०८१ वैशाख १३ गते | 25th of April 2024

नेपाली बजारमा आइफोन टेन, के छ नया फिचर ?

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १४ गते १४:०४

काठमाडौं, १४ मंसिर । एप्पल कम्पनीले नेपाली बजारमा आइफोन टेन उपलब्ध गराउने भएको छ । कम्पनीले नेपाली प्रयोगकर्ताका लागि शुक्रबारदेखि आइफोन टेन उपलब्ध हुने जनाएको छ ।
नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक) को एक मात्र वितरक जेननेक्स्टले आइफोन टेन यही डिसेम्बर १ तारिख अर्थात मंसिर १५ गतेदेखि नेपालमा सार्वजनिक गर्ने भएको छ ।

नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपालमा वर्षौैदेखि बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ ।

आइफोन टेन नेपाली बजारमा ६४ जिबी र २५६ जिबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ भने सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने छ । अर्ध वार्षिकमा एकजना भाग्यशाली विजेताले स्कूटर लक्की ड्रमार्फत जित्न सक्नेछ । यो अफरमा सहभागी हुनका लागि, ग्राहकहरुले जेननेक्स्टको वेबसाइटमा आइएमइआइ नम्बर दर्ता गर्नुपर्नेछ ।

नेपाली बजारमा आइफोन टेन ६४ जिबीको १ लाख ३८ हजार र २५६ जिबीको १ लाख ५९ हजार तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *