२०८१ वैशाख ७ गते | 19th of April 2024

१० किलो सुनसहित काठमाडौंको बालाजुबाट एकजना पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १७ गते ५:१७

काठमाडौं, १७ मंसिर । रसुवाको केरुङ नाकाबाट भित्राइएको १० किलो सुन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाका आधारमा काठमाडौंको बालाजुबाट शनिबार साँझ फूलसिंह तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर सुन ल्याउँदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
घटनाको बारेमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *