२०८१ वैशाख १८ गते | 30th of April 2024

मतपेटीका राखेको कोठाको ढोकामा तीन दलका तीन ताल्चा आयोगको छुट्टै

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १८ गते १५:०१

 

शिब ढुंगाना
ओखलढुंगा, १८ मंसिर । सोमबार बिहान जिल्ला समन्वय समितिको कम्पाउण्डभित्र छिर्दा मतपेटिका सिलबन्दी गरेको स्थान अगाडि एउटा टेण्टमा वाम गठबन्धनका कार्यकर्ता अशेष श्रेष्ठ र शम्भु धमला देखिए ।

उनीहरु आ–आफ्ना पार्टीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको परिचयपत्र भिरेर बसेका थिए । अर्कातर्फको टेण्ट खाली थियो । त्यो कांग्रेसका लागि तयार गरिएको भए पनि कांग्रेसका कार्यकर्ता त्यहाँ बसेका थिएनन् ।
सुरक्षाकर्मीको तीन घेराभित्र रहेको समन्वय समितिको पक्की भवनमा रहेको कार्यक्रम हलभित्र मतपेटिका मंसिर ११ गते थन्क्याएपछि सिलबन्दी गरिएको छ । ढोकामा तीन दलका तीन वटा र निर्वाचन आयोगको तर्फबाट एक गरी चारवटा ताल्चा लगाइएका छन् ।
मुख्य निर्वाचन अधिकृत कैलाश केसीले मतपेटिकाको सुरक्षाका लागि उच्च सर्तकता अपनाइएको बताउनुभएको छ । त्यसमा कसैले शंका गर्नुपर्ने अवस्था नरहेको समेत उहाँले स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *