२०८१ वैशाख ८ गते | 20th of April 2024

एनआरएन टेक्सास च्याप्टरद्दारा आफ्ना कार्ययोजनाहरु प्रस्तुत (फोटो फिचर)

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १८ गते २२:४७

टेक्सास (अमेरिका)- गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका टेक्सास च्याप्टरद्धारा दुई वर्षे कार्ययोजना प्रस्तुत गरिएको छ ।

हालै निर्वाचित च्याप्टर कार्यसमितीले आइतवार टेक्सासको डालसमा एक कार्यक्रमको आयोजना गरि आगामी दुई वर्षे एजेण्डाहरु सार्वजनिक गरेको हो ।

च्याप्टर अध्यक्ष भानु खरेलले सार्बजनिक गरेका एजेण्डाहरुमा २५ हजार डलर वरावरको आकस्मिक कोष स्थापना गर्ने, टेक्सासमा कन्स ु लेट अफिस स्थापनाका लागी पहल गर्ने, च्याप्टरको कार्यालय स्थापना गर्ने, हेल्प डेक्स मार्फत बिभिन्न कार्यक्रमहरु अघि बढाउने, नेपाली बिद्यार्थीहरुका लागी छात्रबृत्तिको शुरुवात गर्ने, एनआरएनए कार्ड बितरण प्रक्रियामा तिब्रता दिने तथा टेक्सासमा रहेका नेपाली संघ संस्थाहरु संग समन्वय गरेर अन्य बिभिन्न कार्यक्रमहरुको शुरुवात गर्ने, युवाहरु लक्षित बिभिन्न कार्यक्रमहरु गर्ने लगायतका छन् ।

सो अवसरमा अध्यक्ष खरेलले आफुहरुले अघि सारेका बिभिन्न एजेण्डाहरु संगै अन्य बिबिध कार्यक्रमहरुका लागी सबैको सहयोगको अपेक्षा गरेको बताउनुभयो । उहांले नेपालीहरुका लागी एमआरपी बनाउन सहज होस भनेर टेक्सासको अष्टिनबाट एमआरपी शिविर शुरु गर्न लागेको र टेक्सासका सबै शहरमा यो सेवा पुर्याउने प्रतिबद्धता जनाउनुभयो ।

च्याप्टर महासचिव पदम ठकुराठीले स्वागत मन्तव्य संगै च्याप्टरले अघि सारेका बिभिन्न कार्यक्रम र एजेण्डाहरु पुरा गर्न सबै टेक्सासवासी नेपालीहरुको सहयोगको खांचो रहेको बताउंदै सहजिकरण गरेको कार्यक्रममा एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको शुभकामना सन्देश वाचन गरिएको थियो ।

कार्यक्रममा एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष शुनिल साहले कार्यसमितीका सदस्यहरुलाई सपथ ग्रहण समेत गराउनुभएको थियो । अध्यक्षमा निर्वाचित भानु खरेल संगै निर्विरोध निर्वाचित उपाध्यक्ष दोर्ण गौतम, महासचिव पदम ठकुराठी, कोषाध्यक्ष सतिष ओझा संगै मनोनयन गरिएका महिला संयोजक ज्योति ओझा खनाल, युवा संयोजक रुपेश न्यौपाने, सदस्यहरु जगदीश काफ्ले, अनु रिमाल, निलिमा श्रेष्ठ, अमरनाथ शाह र आनन्दकुमार यादव लाई सपथ ग्रहण गराइएको हो ।

कार्यक्रममा एनआरएए अमेरिकाज क्षेत्रका संयोजक गौरी जोशी, एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष शुनिल साह, युवा संयोजक स्वराज खाती, बोर्ड अफ डाइरेक्टर कृष्ण लामिछाने, कमृत कट्टेल, डा. अर्जुन बञ्जाडे, प्रबक्ता बिनोद कुमार तिवारी, मिडिया कार्डिनेटर बाल जोशी लगायत स्थानीय संघसंस्थाका पदाधिकारी, समाजसेवी, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमका क्रममा उठेका बिभिन्न प्रश्नहरुको जवाफ प्रबक्ता तिवारी र बरिष्ठ उपाध्यक्ष साहले दिनुभएको थियो ।

सो अवसरमा अष्टिनका सामाजिक अभियन्ता दिपक हुमागाइले च्याप्टर पदाधिकारीलाई एनआरएनको क्षेत्रिय कार्यालय वा कन्स ुलेट कार्यालय मध्ये एक अष्टिनमा स्थापना गर्ने वातावरण बनाउन आग्रह गर्नुभएको थियो ।

च्याप्टरका निर्वाचित पदाधिकारीको पहिलो कार्यक्रम भएकोले केही त्रुटिहरु भए सल्लाह दिन च्याप्टर अध्यक्ष खरेल र महासचिव ठकुराठीले सबैमा आग्रह गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापण गर्नुभएको छ ।

एनआरएन अमेरिकामा टेक्सासबाट निर्वाचित बिभिन्न पदाधिकारी सहभागी कार्यक्रममा बोर्ड अफ डाइरेक्टर दिव्या के सी वली ले भने बिशेष कारणवस कार्यक्रममा सहभागीता जनाउन नसकेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *