मंसिर १९ । भारतको प्रमुख विपक्षी दल कांग्रेस आईको अध्यक्षमा राहुल गान्धी निवार्चित हुने निश्चित भएको छ । यो पदमा गान्धीले मात्र उम्मेदवारी दिएपछि उनी निर्विरोध चयन हुने निश्चित भएको हो । राहुल गान्धी पाँच वर्ष यता पार्टीका उपाध्यक्ष छन ।
स्वास्थ्यलगायत कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै सोनियाले पद छोड्न लाग्नुभएको हो । पार्टीको महाधिवेशन सन् २०१९ मा हुँदैछ ।