1

अमेरिकाका दुई सिटीबाट पत्रकार किशोर पन्थी सम्मानित

361 पटक पढिएको

न्यूयोर्क । अमेरिकाका दुई सिटीहरु न्युयोर्क र न्युजर्सीबाट न्युयोर्क निवासी पत्रकार किशोर पन्थी सम्मानित भएका छन् । विगत ७ बर्षदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका उनी न्युयोर्कबाट प्रकाशित हुने साप्ताहिक म्यागेजिन खसोखासका प्रधानसम्पादक हुन् । उनले गरेको पत्रकारिताको कदर गर्दै पत्रकार पन्थीलाई न्युयोर्क र न्युजर्सी सिटीका तर्फबाट सम्मान गरिएको हो ।

न्युजर्सीको जर्सी सिटी काउन्सिल अध्यक्ष रोलाण्डो लाभारो र न्युयोर्क सिटी काउन्सिलका सदस्य म्याथ्यु युजिनका तर्फबाट पत्रकार पन्थीलाई कदरपत्र प्रदान गरिएको हो । अमेरिकामा नेपाली समुदायको सदस्यका रुपमा रहेर पत्रकारिताका माध्यमबाट गरेको योगदानको कदर गर्दै कदरपत्र प्रदान गरिएको सम्मानपत्रमा उल्लेख छ ।

पत्रकार पन्थी अमेरिकी सरकारको विदेश मन्त्रालयबाट अमेरिकामा बसेर पत्रकारिता गर्नका लागि मान्यता पाउने पहिलो नेपाली पत्रकार हुन् । सन् २००८ देखि नेपालको एबीसी टेलिभिजनमा समाचार सम्पादक रहेका पन्थी सन् २०१० देखि एबीसी टेलिभिजनको अमेरिका ब्यूरो प्रमुख हुन् । एबीसी टेलिभिजनमा उनको साप्ताहिक कार्यक्रम टक अफ द टाउन समेत प्रशारण हुँदै आएको छ । अमेरिकी अध्यागमन र सामाजिक विषयमा कलम चलाउने पत्रकार पन्थीले अँग्रेजी अनलाइन द हफिंटन पोष्ट, भ्वाइस अफ न्युयोर्क लगायतमा समेत लेख्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

प्रदेश नम्बर ६ मा नेपाल निर्माण व्यवसायी महासंघका विविध कार्यक्रम

निर्मल अर्याल/काठमाडौं - नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले प्रदेश नं. ६ का.. ...

एमाले-माओवादी एकता, नेपाल कम्युनिष्ट पार्टी नयाँ नाम

काठमान्डौं - एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने ऐतिहासिक सहमती भएको छ। सोमबार.. ...

‘गगनले होइन, हामी बनाउछौं अब कांग्रेस’- तरुण दल अध्यक्ष जितजंग

काठमाडौँ- प्रजातन्त्र दिवसको अवसर पारेर नेपाली कांग्रेसका युवा नेताहरुले तीन ठाउँबाट.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

Today Exchange Rate