२०८१ वैशाख १४ गते | 26th of April 2024

श्रीमानसंगको डिभोर्सपछि मिलन अमात्यले गाइन यस्तो गीत (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २० गते १५:४१

काठमाडौं २० मंसिर । गीताकार केदार सुनुवारले रचना गरेको ‘त्यो कस्तो माया’ बोलको गीत युटयुवमा सार्वजनिक भएको छ । यस गीतलाई गायिका मिलन अमात्यले स्वर दिएकी छन । केही समय अघिमात्र मिलन आमात्यले श्रीमानसंग सम्बन्ध विच्छेद गरेकी थिइन । श्रीमानसंगको सम्बन्ध विच्छेद पछि आमात्यले यस्तो गीत गाएकी हुन । आमात्यले यस गीतलाई आफ्नै भावनामा ढालेकी छिन ।
गीतलाई आकर्षक र सुमधुर संगीत दिएका छन अहिलेका जल्दा बल्दा संगीतकार भुगोल दाहालले । यो गीतको म्युजिक भिडियो सम्पादन ,छायाँकन तथा निर्देशन दिपेस सुनुवारले गरेका छन । निर्देशक सुनुवार भन्छन ‘यो गीतमा बिछोड भावना समावेश गरिएको छ । एकदमै मार्मिक भएकोले यस गीतलाई सबैले रुचाएका छन । गीतमा हाल देशमा दिनहु युवाहरु बिदेशीने गरेको पिडालाई चित्रन गर्नु खोजिएको छ । भिडियोमा यङ हङ लबुङ र कविता सुनुवारको अभिनय रहेको छ ।

 

https://www.youtube.com/watch?v=WfnVCClOdgA&feature=youtu.be

Leave a Reply

Your email address will not be published. Required fields are marked *