२०८१ वैशाख ८ गते | 20th of April 2024

९ सय ६० मतदाता रहेको सप्तरीको महादेवामा एक मत पनि खसेन

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २१ गते ९:३७

 

सप्तरी २१ मंसिर । सप्तरीको महदेवा गाउँपालिकाको महदेवास्थित प्रावि केन्द्रमा अहिलेसम्म एक जनाले पनि मतदान नगरेको जानकारी प्राप्त भएको छ । विहिबार मध्यान्हसम्म कुनै पनि मतदाताले मतदान नगरेको मतदान अधिकृत धनेश्वर साहले बताएका छन् ।

मतदान गराउने कर्मचारी र सुरक्षाकर्मीहरु बिहानैदेखि यहाँ तयारी अवस्थामा बसे पनि कुनै मतदाता मत खसाल्न नआएको उनले बताए । यो मतदान केन्द्रमा ९ सय ६० मतदाता छन् ।

यस अघि पटकपटकका निर्वाचनमा उम्मेदवारलाई भोट दिएपनि जितेकाहरुले कुनै चासो नलिएको र गाउँको विकासमा ध्यान नदिएकाले यसपटक मतदान नगरे स्थानीय मतदाताहरुको भनाइ छ । । पुरै गाउँलेको निर्णयमा कसैले पनि मतदान नगरेको मतदाता बताउछन ।

यसअघि ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइतको गाउँ त्रिकौलमा पनि कसैले मतदान गरेका थिएनन् । यो महादेवा गाउँमा सिके राउतको घर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *