२०८१ वैशाख ८ गते | 20th of April 2024

स्याङजामा कांग्रेसले बुथ कब्जा गरेको बाम गठबन्धनको आरोप

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २१ गते १०:३४

स्याङजा २१ मंसिर । स्याङजाका चारवटा मतदान केन्द्र कांग्रेसले कब्जा गरेको जानकारी प्राप्त भएको छ । जिल्लाको चापाकोट नगरपालिकाका चार वटा मतदान केन्द्रमा कांग्रेसले एकलौटी मतदान गरेको पाइएको छ । कांग्रेसले एकलौटी मतदान गरेपछि बाम गठबन्धनले पुनः मतदानको माग समेत गरेको छन ।
सो जिल्लामा नेपाली कांग्रेसका गोपालमान श्रेष्ठ उम्मेदवार छन । उम्मेदवार गोपालमान श्रेष्ठको मिलोमतोमा निर्वाचन अधिकृत तथा प्रशासन समेत मिलेर एकलौटी मतदान गरिएको बाम गठबन्धनको आरोप छ ।

स्याङ्जा क्षेत्र नम्बर २ मा कांग्रेसबाट गोपालमान श्रेष्ठ र बाम गठबन्धनबाट एमाले नेतृ पद्मा अर्यालबीच प्रतिस्पर्धा भइरहेको छ । चापाकोट नगरपालिकाको सेखामा दुई मतदान केन्द्र र मल्यानकोटका दुई मतदान केन्द्रमा बुथ कब्जा भएको उजुरी निर्वाचन आयोगमा गर्न लागिएको हो ।

जनसक्रिय प्रावि, चितापोखरी र कालिका आधारभूत स्कूल तीनपिप्लेमा प्रहरी र निर्वाचन आयोगका कर्मचारीकै सामुन्ने कांग्रेस कार्यकर्ताले मतदाताको हातको मतपत्र खोसेर स्वस्तिक छाप लगाएको प्रत्यक्षदर्शीले बताए । बुथ कब्जा भएको खबर सुनेर रोक्न मल्याकोट मतदानकेन्द्रमा पुगेकी एमाले उम्मेदवार पद्मा अर्यालमाथि ढुंगामुढा प्रहार समेत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *