२०८१ वैशाख १३ गते | 25th of April 2024

समानुपातिक मतमा माओवादीको अग्रता

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २५ गते ४:०२

जुम्ला, २५ मंसिर । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भएको मतगणनाको अन्तिम परिणामअनुसार जुम्लामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेकपा (माओवादी केन्द्र) ले अग्रता लिएको छ ।

शनिबार बिहान १० बजे शुरु भई आइतबार राति ११ बजे सम्पन्न मतगणनामा दुवैे तहको समानुपातिक निर्वाचन प्रणालीमा माओवादी केन्द्र पहिलो भएको छ । जसले प्रतिनिधिसभातर्फ १० हजार ९८८ मत प्राप्त गरेको छ । दोस्रो नेपाली काँग्रेस र तेस्रो स्थानमा नेकपा (एमाले)ले मत प्राप्त गरेका छन् । क्रमशः नेपाली काँग्रेसले १० हजार ९२९ र एमालेले भने १० हजार ६९४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिए  ।

उहाँका अनुसार दुई हजार ४०३ मत ल्याएर नेपाल मजदुर किसान पार्टी चौथो र एक हजार ५८१ मत प्राप्त गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँचौँं स्थानमा पुगेको छ । क्रमशः राप्रपा ९राष्ट्रवादी० नयाँ शक्तिलगायतका पार्टी रहेको उनले बताए ।

खसेको जम्मा ४१ हजार ४५६ मतमा प्रतिनिधिसभातर्फ ३९ हजार ८२ सदर प्रदेशसभातर्फ ३७ हजार ५०९ सदर भएको छ । प्रतिनिधिसभातर्फ दुई हजार ३७४ मत बदर भएकोमा प्रदेशसभामा त्यसको झण्डै दोब्बर तीन हजार ९४७ मत बदर भएको मुख्य निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जुम्लामा २३ दललाई मतदान भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *