२०८१ वैशाख ८ गते | 20th of April 2024

भट्टीको साउनीको गोदवारीमा ‘पाउमा पाउजु छमछम’

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २५ गते ४:०८

‘पाउमा पाउजु छमछम,हातैमा चुरा छमछम……
गाउँको हिरो म गर्छन सव सलाम
फुर्सद मिलाउ कान्छी फिलिम हेर्न जाउँ’
गत शनिवार यो गीत गोदावरी पार्कमा गुन्जिंदा पार्कभित्र यत्रतत्र छरिएर बसेका दर्शक स्रोताको ध्यान तानिएको थियो । यो गीत चर्चित गायक आतिस लामाको एल्वम भट्टीको साउनीको पाँचौ गीत ‘पाउमा पाउजु छमछम’को गीत हो । जसको छायांकन भइरहेको थियो त्यहाँ ।चर्चित गायक आतिस लामाको कर्णप्रिय स्वर त्यसमा पनि नायक एवम मोडलसुरज प्रजापति र सुप्रिया कटुवालको नृत्यले छायांकन स्थल गोदावरीको चिसो मौसमलाई नै हट बनाएको थियो । यसैगरी म्यूजिक भिडियोको दोश्रो जोडीका रुपमा रहेका कलाकार एवम मोडल विनोद लामा र नव प्रवेशी सुश्मिता तामाङको नृत्य प्रस्तुति पनि कम रोचक थिएन् ।

दर्शकको भिडले सुटिङ व्यवस्थापन मिलाउन हम्मेहम्मे परेको थियो । विगत २ दशकदेखि गीत संगीतको यात्रामा अनवरत लागेका अतिस लामा कोरियोग्राफिकाा पनि सौखिन छन् । यस पटक उनले आफ्नै कोरियोग्राफी र निर्देशनमा यो भिडियो निर्देशन गर्न लागेका छन् । हुनत उनी आफैमा मोडल भन्दा कम छैनन, उनका स्टेज प्रस्तुतिहरु असाध्यै उत्कृष्ट हुन्छन् । दर्शकलाई नचाउँ नचाउँ बनाउने स्वभाव भएका उनको निर्देशनमा कलाकार मात्र नभइ उपस्थित सबैलाई नाचुँ नाचुँ लाग्ने बातावरण बनेको थियो ।

आफूले उत्कृष्ट मोडल कलाकार एवम टीमको छनोट गरेको र लोक आधुनिक लयमा गीत राम्रो बनेको भन्दै यस गीतलाई पक्कै सबैले मन पराउनेमा विश्वस्त देखिन्छन गायक एवम निर्देशक लामा ।विगत देखि नै म्यूजिक भिडियो निर्देशन गर्ने रहर भएर पनि अरुलाई नै दिने गरेका आतिस यतिखेर भने आफै मैदानमा उत्रेका छन् । आफैंले लेखेको र गाएको गीतमा आफैंले निर्देशन गर्दा गीतको मर्म अनुसार हुने आतिस बताउछन् ।

यसअघि थुप्रै म्यूजिक भिडियो एवम चलचित्रहरुमा समेत अभिनय गरिसकेका मोडल एवम नायक सुरज प्रजापति आफूले छानेर मात्र अभिनय गर्ने गरेको र आतिसको गीत राम्रो लागेर नै यसमा अनुवन्धित भएको बताउँछन् । उनी भन्छन, काम मात्र गर्ने भनेर हुन्न काम गर्दा मजा आउनु पर्छ, यो टीममा काम गर्दा जुन किसीमको मजाभइरहेको छ त्यस्तो मजा अरु टीमसँग हुन्न ।

म्यूूजिक भिडियोमा अर्का चर्चित आर्टिस्ट बिनोद लामाको पनि भूमिका रहेको छ भिन्न भिन्न क्यारेक्टरमा अभिनय गर्न रुचाउने लामाको रमाईलो नृत्य पनि यसमा देख्न सकिन्छ । आतिसले जहिले पनि नयाँ कलाकारलाई प्राथमिकता दिनुपर्छ भन्ने मान्यता राख्छन त्यसैले उनले यस म्यूजिक भिडियोमा नयाँ मोडल सुश्मिता तामाङलाई पनि अभिनय गराएका छन् नयाँ मोडल हुँदा हुँदै पनि उनको अभिनय र नृत्य दमदार देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *