२०८१ वैशाख ११ गते | 23rd of April 2024

पोखरामा संगम कप फुटबल प्रतियोगिता शुरु

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २ गते ३:५०

पोखरा, २ पुस । संगम क्लब पोखराद्वारा आयोजित छैटौँ संस्करणको संगम कप फुटबल प्रतियोगिता शनिबारदेखि पोखरा रंगशालामा शुरु भएको छ ।

विभागीय एक टोली सशस्त्र प्रहरी बलको एपिएफसहित २३ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता टिमले रु एक लाख २५ हजार, उपविजेताले रु ६५ हजार नगदसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ का वडाअध्यक्ष दर्शन लामाले उद्घाटन गर्दै युवालाई शारीरिक र मानसिकरुपमा स्वस्थ राख्न खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताए ।

पुस ७ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको उद्घाटन खेलमा हेम्जा युनाइटेड क्लबले काजीपोखरी एफसीलाई ४–१ ले पराजित ग¥यो भने दोस्रो खेलमा आरटी सेन्टरले प्वाइन्ट स्र्कलको टोलीलाई २ शून्यले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *