२०८१ वैशाख १३ गते | 25th of April 2024

​झण्डै १६ खर्बको संघीय बजेट आउने , यस्तो छ तयारी

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ४ गते १५:२१

 

काठमाडौं, ४ पुस । आर्थिक वर्ष २०७५ र ०७६ को संघीय बजेट पौने १६ खर्ब रुपैयाँ हाराहारीको आउने भएको छ ।

नेपाल आर्थिक पत्रकार समाज, सेजन र एसियाली विकास बैंकले गरेको अन्तक्र्रियामा अर्थसचिव शंकरप्रसाद अधिकारीले आगामी आर्थिक वर्षमा संघीय बजेट १५ खर्ब ७० अर्बको सिमाभित्रको आउने सम्भावना रहेको जानकारी दिए ।

राष्ट्रिय योजना आयोगले आगामी बजेटको अधिकतम सीमा तोकिनसके पनि बजेट १५ खर्ब ७० अर्बको हाराहारीको आउने सम्भावना रहेको सचिव अधिकारीले बताउनुभयो । नयाँ बजेटका लागि राजश्वबाट ९ खर्ब ५० अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट १ खर्ब रुपैयाँ, वैदेशिक ऋणबाट २ खर्ब ६८ अर्ब र आन्तरिक ऋणबाट ८ अर्ब जुटाउने गरी बजेटको खाका तयार भइरहेको उनले जानकारी दिए ।

पूर्व अर्थसचिव शान्तराज सुवेदीले आगामी आर्थिक वर्षमा केन्द्र सरकारको दायित्व बढी भए पनि स्रोत कम भएको बताउँदै १२ खबै ७९ अर्ब भन्दा ठूलो बजेट बनाउन सजिलो नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *