1

दुई वर्ष लगाएर सगरमाथाको उचाइ मापन गरिँदै

1095 पटक पढिएको

काठमाडौँ, ५ पुस । नेपालले पहिलोपटक आफ्नै खर्चमा दुई वर्ष लगाएर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । यसभन्दा पहिले छिमेकी मुलुक भारत र चीनका विभिन्न कम्पनीले सगरमाथाको उचाइ मापन गरेपनि नेपालले सरकारीस्तरबाट पहिलोपटक मापन गर्न लागेको हो ।

सगरमाथाको आधिकारिक उचाइ सर्वे अफ इण्डियाको १९५४ को मापन आठ हजार ८४८ मिटरलाई मान्दै आएको छ ।  नापी विभागले आज पत्रकार सम्मेलन गरी १२ वटा बिन्दु बनाएर सगरमाथाको मापन गर्न लागेको जानकारी दिएको छ ।

सम्मेलनमा विभागका महानिर्देशक गणेशप्रसाद भट्टले सगरमाथाको उचाइ मापनका लागि समुद्र सतहदेखि गर्नुपर्ने भएकाले समुद्रदेखि भारतीय भू–भाग भारत र चिनियाँ भू–भागका लागि चीन सरकारलाई मापन गर्न अनुरोध गर्ने बताए ।

विभागले सगरमाथाको उचाइ मापन गर्न बनाइएको कार्यविधिलाई अन्तिम रुप दिन यही मंसिर २५ र २६ गते अन्तर्राष्ट्रिय गोष्ठीको आयोजनासमेत गरेको थियो ।

तपाईको प्रतिक्रिया

टेक्सास - अमेरिकामा रहेका नेपालीहरुको सफलता र भोगाईहरुलाई समेटेर तयार पारिने टेलिभिजन.. ...

निदेश अधिकारी/भर्जिनिया - सप्ताह मार्फत झण्डै २ मिलियन डलर संकलन गरि सामुदायिक भवन.. ...

Kathmandu - Government of Nepal,  Minister for Tourism Yogesh Bhattarai has pledged full support to the first 'International Himalayan Expo- 2020' to be held in Nepal from April 7 to April 3.  The Himalayan Expo - 2010 will help in BrikutiMandap.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...