२०८१ वैशाख १४ गते | 26th of April 2024

न्यूयोर्कमा नेपाली फेशन शो: ‘फेसनहब एक्स्पो’ (तस्वीरसहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ६ गते २०:००

न्यूयोर्क । बिश्वकै राजधानी मानिने न्यूयोर्क शहरमा गत डिसेम्बर १५ र १६ तारिखमा दुई दिने फेशन एण्ड ब्यूटी एक्स्पो-२०१७ नामक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

उक्त कार्यक्रम न्यूयोर्कबाट संचालित इलुसिड पत्रिकाले आयोजना गरेको हो । यसका लागि नेपालका प्रख्यात फोटोग्राफर (छाया चित्रकार) राजीव श्रेष्ठलाई अधिकारिक रुपमा मनोनित गरेको थियो । पत्रिकाका संस्थापक अङ्कित रौनियार हुन् ।

अमेरिकामा पनि आफ्नो पेशालाई निरन्तरता दिदै आएका राजीव श्रेष्ठले आफूले अमेरिकामा यस्तो मौका पाई रहेको भन्दै अझ आफूले मेहनत गर्नु पर्ने र पेशालाई निरन्तरता दिने बताए । उनले आफूले मेहनत गरेर खिचेको तस्बिर प्रति सन्तोष व्यक्त गरेका छन् ।

उक्त फेशन हब नामक कार्यक्रममा विविध कार्यक्रम रहेता पनि उनलाई व्यवसायिक भेषभूषा फोटोग्राफरको रुपमा छनौट गरिएको थियो ।

यसको साथै उक्त भेषभूषा प्रस्तुतिमा डिसी महानगर क्षेत्रकि एक मात्र नेपाली मोडल (नमूना )रिमा केसी अन्य बिदेशी महिलाहरुसंगै प्रस्तुति गरेकी थिइन् l

रिमालाई उक्त फेशन हब कै दुई डिजाईनर्स (अभिकल्पक )ले सहभागीको लागि छनौट गरेका थिए । केसीले न्यूयोर्कमा सम्पन्न उक्त कार्यक्रममा सहभागी हुन् पाउँदा अझ आत्म बिश्वास बढेको र आफ्नो लागि ठूलो मौका पाएको बताइन l

उक्त फेशन हब कार्यक्रममा श्रृङगार,बस्त्र, छाला सम्बन्धी, कपाल, नङ्ग तथा महिला श्रृङगारका सामग्री बेच बिखनको लागि समेत राखिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *