२०८१ वैशाख ११ गते | 23rd of April 2024

स्वतन्त्र उम्मेदवार कोइरालाले चुनाव चिन्ह पाए

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २२ गते १०:३०

पोखरा, २२ बैशाख ।
पोखरा लेखनाथ महानगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवार सिरोज कोइरालाले चुनाव चिन्ह घडी लिएका छन् । निर्वाचन तालिका अनुसार शुक्रवार चुनाव चिन्ह वितरणका क्रममा उनले घडी रोजेका हुन् । उनको क्रम संख्या १९ रहेको छ ।
चुनाव चिन्ह प्राप्त गरेपछि उनले समयको महत्वलाई बुझेर महानगरबासीले आफुलाई उपमेयरमा मतदान गर्ने विश्वास ब्यक्त गरे ।
सञ्चार, पर्यटन र आध्यात्म क्षेत्रमा सम्बद्ध उनले पोखरालाई समृद्ध महानगर बनाउने उद्देश्यले उम्मेदवारी प्रस्तुत गरेको उनी बताउँछन् ।
बिष्णुहरी पौडेलको प्रश्तावना र किशोर ओझाको समर्थनमा कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले पोखरेलीलाई विश्व स्वास्थ्य संगठन मापदण्डको पिउने पानीको प्रबन्ध गर्ने, पोखरा प्रवेशका लागि वैकल्पिक मार्ग बनाउने, मेट्रोपोलिटन बस तथा ट्राम सञ्चालन गर्ने, बजारलाई नै अस्तव्यस्त बनाएको बिजुली, टेलिफोन र केबल तार भूमिगत गर्ने योजना अघि सारेका छन् । पोखरा क्षेत्रमा जग्गा खण्डिकरण बढी भएकाले आधुनिक अपार्टमेण्ट शैलिका घर निर्माण गरेर जमिनलाई कृषि उत्पादनमा उपयोग गर्नुपर्ने बताए ।
पोखरा र पर्यटन पर्याबाची भएकाले पोखरालाई योगा र मेडिटेसन टुरिजम सेन्टरको रुपमा पनि विकास गर्नुपर्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *