२०८१ वैशाख ६ गते | 18th of April 2024

रियललाई पराजित गरेपछि लियोनल मेस्सीले दिए यस्तो प्रतिक्रिया

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १० गते १५:२३

एजेन्सी, १० पुस । शनिबार खेलमा रियल मड्रिडलाई पराजित गरेपछि बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले एल क्लासिको जित्दै सुखद नयाँ सालको सुरुवातलाई स्वागत गर्ने तयारीमा रहेको बताएका छन् । उनले भनेका छन्, ‘एल क्लासिको जित्नु एउटा ठुलो उपलब्धि हो । सन् २०१७ को अन्त्य निकै राम्रो भएको छ ।’

यस सिजन १५ गोल गरिसकेका लियोनल मेस्सीले रियलविरुद्ध एक गोल गरेका थिए भने एक एसिस्ट गरेका थिए । रियललाई ३(० गोलले पराजित गरेको बार्सिलोना यस सिजन आफ्नो अपराजित यात्रा कायम राखिराखेको छ ।

एल क्लासिकोमा महत्वपुर्ण जित निकालेपछि बार्सिलोनाले मेस्सी, भिडाल र मास्चररानोको बिदा पनि लम्बाइदिएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडभन्दा बार्सिलोना ९ अंकले अगाडि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *