२०८१ वैशाख १४ गते | 26th of April 2024

मरहट्ठालाई जेसिस युवा पत्रकारिता पुरस्कार

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ११ गते १५:१४

भैरहवा – नेपाल जेसीजले यस यसबर्षको उत्कृष्ट युवा पुरस्कार पत्रकार किरण मरहठ्ठालाइ प्रदान गरेको छ । पत्रकारिताको क्षेत्रमा उत्कृष्ट योगदान दिएका एकजना पत्रकारलाइ हरेक बर्ष यो पुरस्कार प्रदान गरिन्छ ।

नेपाल जेसिजको भैरहवामा आज सम्पन्न राष्टिय सम्मेलन समारोहमा टेलिभिजन पत्रकारितामा उत्कृष्ट योगदान दिएबापत मरहठालाइ पुरस्कृत गरिएको हो, अमेरिकामा रहेका कारण उनि पुरस्कार थाप्न भने आउन सकेनन् । यो पुरस्कार गतबर्ष कान्तिपुर दैनिकका पत्रकार विमल खतिवडालाइ प्रदान गरिएको थियो । किरण एक लोकप्रीय टेलिभिजनकर्मी तथा लेखक र डकुमेन्ट्रि निर्देशक पनि हुन् । एबिसि टेलीभिजनका सफल प्रस्तोता मरहठ्ठा, द हफ पोष्ट, नेपाल ब्रिटेन डटकम लगायतका मिडियामा पनि आवद्ध छन् ।

जेसी लालमणि पन्तको संयोजकत्वमा बरिष्ठ पत्रकारहरु समेत सम्मिलित उत्कृष्ट युवा पुरस्कार छनोट समितिले टेलिभिजन कार्यक्रम निर्माण तथा प्रस्तुतिकरण र रिपोटिगंमा उनले दिएको उत्कृष्ट योगदानको कदर गर्दै मरहठ्ठालाइ पुरस्कृत गर्ने निर्णय गरेको थियो । मरहठ्ठाले द होप नामक सफल पुस्तकका लेखक मरहठ्ठाले मेसी द म्यान एट बार्सा नामक बहुचर्चित अन्तराष्टिय डकुमेन्टि पनि निर्दैशन गरेका छन् ।

बुटवल एफ. एमबाट पत्रकारिता आरम्भ गरेका उनले नेपाल टेलिभिजन, रिपब्लिका मासिक, पारदर्शि खबर, गोरखा एफ.एम लगायतका मिडियामा काम गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *