२०८१ वैशाख ८ गते | 20th of April 2024

लस एन्जलसमा ब्रेन ट्युमर भएका नेपाली बचाउनका लागि पहल शुरु

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ११ गते १८:५१

सुदिप पन्त – लस एन्जलस । क्यलिफोर्निया राज्यको लसएञ्जलस शहरमा एक नेपालीलाई मृत्‍युबाट बचाउन आर्थिक सहयोगको लागी पहल गरिएको छ । नेपालमा भक्तपुर घर भएका लसएञ्जलसको नर्वाक सिटीमा बसोबास गर्दै आएका सुबिन अछामि ब्रेन ट्युमर लगायत अन्य रोगबाट ग्रसित भएर अस्पतालको बेडमा छटपटिएको बेला आर्थिक सहयोग जुटाएर मानबिय कर्तब्य मात्र होइन एउटा नेपालीलाई कठिन अवस्थामा उद्दार गर्नुपर्छ भन्ने भावनाले अभियान थालिएको एनआरएनएको अमेरिका क्षेत्रको लागि महिला सहसंयोजक संगीता लम्साल शिवाकोटीले जानकारी गराउनुभयो ।

श्रीमती सहित एक छोरा नेपालमा रहेका निज अछामि एक्लै अमेरिका बस्दै आएका छन ।

सामाजिक अभियन्ता शिवाकोटीले गो फन्ड मार्फत सहयोग पुर्याउन सबै नेपाली दाजुभाइ दिदिबैनीहरुलाई अपिल गर्नुभएको छ ।
अहिले निज अछामीको उपचार निम्न अस्पातलमा भैरहेको छ :

Room NO. 5232 at Emergency Neuro Department,
UC Irvine Medical Center, Orange County

पीडित अछामीको सहयोगको लागि खोलिएको GoFund लिन्क :

https://www.gofundme.com/subin-achhami

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *