२०८१ वैशाख १४ गते | 26th of April 2024

लस एन्जलसमा भगवान् पशुपतिनाथ र बुद्ध मन्दिरको उद्घाटन हुने मिति तोकियो

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ११ गते १९:४६

लस एन्जलस । अमेरिकाको लसएन्जलस सहरमा भगवान् पशुपतिनाथ र बुद्ध मन्दिरको यही फेब्रुवरीको १३ का दिन उद्धाटन हुने निर्णय गरिएको छ । हिजो बसेको पशुपतिनाथ फाउण्डेशनको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

उक्त अवसरमा कार्यसमितिका पदाधिकारी लगायत सल्लाहकारहरु, ठुला दाताहरु, स्थानीय धार्मिक गुरुहरु आदिको उपस्थिति रहेको थियो । सो बैठकले ऋषि ढकालको संयोजकत्वमा मूल आयोजक समिति बनाएको छ । उद्घाटन हुनु अगावै आरग्यदेव श्री पशुपति नाथ र अन्य धेरै देवी देउताहरुको मुर्तीहरुमा प्राण प्रतिष्ठा गरिने भएको छ । भगवान् बुद्धको प्राण प्रतिष्ठा गरी उद्घाटन गर्ने व्यवस्था मिलाउनको लागि राम लामा अविनाशीको संयोजकत्वमा समिति बनाइएको छ ।

अन्य थप समितीहरुमा स्मारिका व्यवस्थापनमा रामेश्वर भण्डारी, अतिथि सत्कारमा राम बाबु पाण्डे, ट्राफिक तथा पार्किङ्ग व्यवस्थापनमा दिल्ली थापा, प्रचार प्रसारमा प्रेम गुरागाईं, पूजा व्यवस्थापनमा एकराज पाण्डे, सजावटमा दीपक पाठक, फर्निचर तथा अन्य सामाग्री व्यवस्थापनमा बिमल श्रेष्ठ प्रसाद तथा खानामा मुकुन्द ढुङ्गाना र अर्थ व्यवस्थापनमा राजेन्द्र शिवाकोटिलाई संयोजक तोकिएको छ । यी तोकिएका संयोजकहरुले आफूलाई जरुरत पर्ने कम्तीमा ५ जना सदस्यहरू ५ दिन भित्रमा नियुक्त गर्ने छन् । आवश्यकता अनुसार समिति थप्न सकिने व्यवस्था गरिएको छ ।

उक्त उद्घाटन समारोहका लागि नेपालबाट विशिष्ट धार्मिक अतिथीहरुलाई निमन्त्रणा पठाइने भएको छ । नेपालमा सम्बन्धित व्यक्तिहरूसँग छलफल गरी निर्णय भई नसकेको हुनाले सो बखतमा विशिष्ट व्यक्तिहरूको नाम सार्वजनिक गरिएन ।

स्रोत : बिआरटीनेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *