२०८१ वैशाख १३ गते | 25th of April 2024

पोखरामा एमालेको कार्यक्रम

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २३ गते २:३३

प्रकाश ढकाल
पोखरा, २३ बैशाख ।
स्थानीय चुनावको सम्मुखमा नेकपा एमालेले पोखरा लेखनाथ महानगरपालिकाको विकासे खाका सार्वजनिक गरेको छ । एमालेले अल्पकाल र दीर्घकाल गरी दुई चरणका कार्यक्रम समाबेश गरेर प्रतिबद्धता सार्वजनिक गरेको हो । एकबर्षभित्र महानगरका सबै नागरिकलाई स्मार्ट कार्ड वितरण गर्ने र सोही अनुसार सेवा प्रवाह गर्दै पाँच बर्षभित्र स्मार्ट सिटीका रुपमा विकास गर्ने एमालेको घोषणा छ । शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधी र वातावरणमैत्री शहरका रुपमा विकास गरेर ५ बर्षमा देशकै नमूना शहर बनाउने एमालेको दावी छ । ‘निर्वाचित मेयरको अध्यक्षतामा महानगरभित्र एउटा युटिलिटी सर्भिस अथोरिटी गठन हुनेछ । त्यसकै समन्वयमा सडक, खानेपानी, बिजुली, सञ्चार लगाएत एकीकृत सेवा विस्तार गर्ने योजना छ, घोषणापत्रमा भनिएको छ–भ्रष्टाचारमुक्त राजनीति र शासन, सुशासनका लागि जनताप्रति जिम्मेवार महानगरिय प्रशासन बनाउन हामी प्रतिबद्ध छौं ।’ अन्नपूर्ण, माछापुच्छ«े, मादी र रुपा सहित, मध्ये नेपाल, ब्यास देखि पुतलीबजार, कुस्मा, बेनीसम्मका नगरलाई स्याटलाईट सिटीका रुपमा विकास गर्ने र सहज यातायातको पहुँच पु¥याउने योजना पनि समेटिएका छन् । कोरलादेखि त्रिवेणीसम्म सडक र केरुङदेखि काठमाण्डौं पोखरा हुँदै लुम्बीनी सम्मको रेलमार्ग निर्माण गरेर प्रमुख ब्यापारिक केन्द्र बनाउने लक्ष्य एमालेको छ । आवश्यक्ता अनुसारका फ्लाई ओभर, प्रतिक्षालय, सवारी पार्किङ, ओभरहेड व्रिज, मेट्रो सेवा, सार्वजनिक सम्पत्ति, खोला तथा तालहरुको संरक्षण जस्ता योजना पनि घोषणापत्रमा छ ।
एकबर्षभित्र जनतालाई पायक पर्ने ठाउँमा महानगरको प्रधान कार्यालय स्थापना गर्ने र नगरका नागरिकलाई एउटै छानामुनीबाट सेवा प्रवाह गर्ने, महानगरका सबै वडामा स्तरीय सडक सञ्जाल विस्तार गर्ने, एक वडा एक बैंक, सहकारीको सहकार्यमा हाईड्रो सञ्चालन, परम्परागत उद्योगलाई विनाधितो ऋण प्रवाह गर्ने उल्लेख गरिएको छ । निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थलको शिघ्र निर्माण, अन्तराष्ट्रिय स्तरको सभाहल, रंगशाला, माईस पर्यटन केन्द्र, एक परिवार एक घर, मेट्रो ट्रेन र मेट्रो बस सञ्चालन, सबै नदी तथा खोला किनारमा साईकल लेन र पैदलमार्ग निर्माण लगायत परियोजनालाई प्राथमिकतामा राखिएको छ । पृथ्वीनारायण क्याम्पसलाई केन्द्रिय विश्वविद्यालय निर्माणका लागि पहल गर्ने, चिकित्साशास्त्र, इञ्जिनियरिङ, वन विज्ञान तथा वातावरण, पर्यटन आदी प्राविधिक एवं ब्यवहारिक शिक्षा दिने संस्थानको स्तरोन्नती गरी राष्ट्रिय अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने, प्रत्येक बर्ष स्नातक पढ्ने १ सय जनालाई महानगर छात्रवृत्ति स्नातकोत्तर तथा एमफिलका ५० विद्यार्थीलाई महानगर विद्धतवृत्ति र विद्यावारिधी गर्ने १० जनालाई अनुसन्धानवृत्ति प्रदान गर्ने, प्रत्येक वडामा प्राविधिक शिक्षालय स्थापना गर्ने एमालेले जनाएको छ ।
फोहोरबाट उर्जा उत्पादन, कालीकोट, ठूलाकोट, रानीवनलाई जैविक विविधता संरक्षणको केन्द्र सहित प्राकृतिक चिडियाखानाको रुपमा विकास गर्ने, तालहरुमा वालवालिकालाई मनोरञ्जन पार्क निर्माण गर्ने, बढी आम्दानी हुने खेती प्रणाली विकास गर्ने, सहुलियत ब्याजमा कृषि ऋणको ब्यवस्था सहित कृषक पेन्सनको ब्यवस्था गर्ने, जेष्ठ नागरिकलाई सरकारले दिएको सेवामा १० प्रतिशत थप गरेर वितरण गर्ने, युवाहरुलाई तालिम मार्फत रोजगारी सिर्जना गर्ने, ब्यवसायिक कृषि, पशुपालन तथा स्थानीय श्रोतमा आधारित ब्यवसाय सञ्चालनमा प्रोत्साहन गर्ने, एक घर एकधाराको ब्यवस्था गर्ने, सेती, बिजयपुर खोला, सुरौँदी खोला तथा नगरका तालहरुबाट साना जलविद्युत आयोजना सञ्चालन लगाएतका योजना पनि समेटिएका छन् ।
घोषणापत्र सार्वजनिक कार्यक्रममा पोखरा लेखनाथ महानगरबाट प्रमुखमा उम्मेदवारी दिएका मान बहादुर जिसीले घोषणापत्रलाई टेकेर नमूना महानगर बनाउने प्रतिबद्धता जनाए । उनले बिज्ञहरुको समन्वयमा गुरुयोजना तयार गर्ने र गुरुयोजनाकै आधारमा काम गर्ने बताएका छन् । ‘उम्मेदवारको प्रत्यासी भएकाले पार्टीको निर्णयले घोषणापत्र बनाएका हौं, उनले भने–हुवहु कार्यान्वयन गर्नेछु । बिज्ञको सल्लाहमा थप समयसान्दर्भिक बनाएर पोखरा स्मार्ट सिटी बनाउन प्रतिबद्ध छु ।’ घोषणापत्र निर्माण समितिका संयोजक तथा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले बिज्ञहरुको समन्वयमा योजना बनाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *