२०८१ वैशाख ७ गते | 19th of April 2024

नेपाल अमेरिका एकता समाजको साधारण सभा सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १२ गते २२:४७

लस एन्जलस । अमेरिकाको लस एन्जलस स्थित नेपाल अमेरिका एकता समाजको कार्य समितिले आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गरी नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष सूर्य प्रसाईंको सभापतित्व तथा महाबाणिज्य दुत ऋषि ढकालको प्रमुख आतिथ्यता रहेको उक्त भव्य समारोहका बिच उक्त कार्य सम्पन्न भएको हो ।

संस्थाका उपाध्यक्ष सिद्धार्थ सिलवालको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा संस्थाकी महासचिव तथा संचालिका डोल्मा लामाले संस्थाको कार्यक्रम प्रतिवेदन प्रस्तुत गरेकी थिइन । संस्थाकी कोषाध्यक्ष अन्जना पौडेलले ६१६९ डलर र ९८ सेण्ट घाटा सहितको आर्थिक प्रतिवेदन पढेर सुनाएकी थिइन् । संस्थाको प्रतिवेदन माथि टिका टिप्पणी र छलफल गर्ने क्रममा केही सहभागिहरुले आ-आफ्नो धारणा तथा गुनासाहरु राखेका थिए ।

संस्थाकी पूर्व अध्यक्ष शारदा श्रेष्ठले “त्यति ठुलो रकम घाटा संस्थाले सहन पर्नुको कारण” माथि जिज्ञासा राखेकी थिइन् । संस्थाका पूर्व सचिव रहिसकेका तिलक कार्कीले “संस्थाले आर्थिक सन्तुलन मिलाउन नसकेको, सामाबेसिकरण नभएको, यो संस्थालाई गुट बन्धिको चक्रब्युमा फसाइएको” धारणा व्यक्त गरेका थिए । एल ए का बुझ्रुक रामचन्द्र लामिछानेले “यो उपरोक्त दुवै बक्ताहरुका आरोपहरुमा आफ्नो पनि सहमति राख्दै यो संस्था सबै तह र तप्काका नेपालीहरूले आफ्नो पनि हो भन्ने भान हुने वातावरण बनाउन यो नयाँ कार्य समिति सजग हुन जरुरी छ” भन्ने सल्लाह दिएका थिए ।

“संस्थाको नयाँ कार्य समिति बनाउंन लागिएको र इच्छुक समाजबासीहरुलाई सम्पर्कको लागि केही महिना अगावै देखी आह्वान गरिएको थियो । त्यसैले यस्तो गुनासो सुनाउने उपयुक्त समय अहिले नभएको, बेला बखतमा कार्यक्रमहरू हुँदा सहयोग गर्छौँ भनी प्रतिबद्धता व्यक्त गरेका मध्य केही सँग अझै सम्म बक्यौता रहेकोले यतिका धेरै घाटा संस्थाले ब्यहोर्नु परेको कुरा संस्थाका अध्यक्ष सूर्य प्रसाईंले खुलस्थ पारे ।

नयाँ कार्य समिति चुन्नको लागि गठित चुनाव कमिटीकी संयोजक तथा एनआरएन की उपाध्यक्ष उमा कार्कीले पुरानो समितिलाई बिदाइ र नयाँ कार्य समितिका टिमलाई स्वागत मन्तव्य राखेकी थिइन । उक्त अवसरमा “हामी समस्त एल ए बासीका सुरुवाती दिनहरूमा एक आपसमा अतिनै घनिष्टता हुने गर्दथ्यो । तर आज यदाकदा बिखण्डनको आभास हुन थालेकोमा दु:ख लागेको छ । यो संस्थाले फेरी भात्रित्व भावको पहल गर्ने आशा लिएकी छु” भनेको सुन्दा यो समाजका विशेष गरी पुराना पिडीहरुको मन रसाएको भान हुन्थ्यो ।

कार्य अवधि भरी आफ्नो संस्थालाई सांस्कृतिक कार्यक्रमहरूमा सहयोग गरेका धेरै कलाकर्मीहरुलाई सम्मान गरिएको थियो । विभिन्न क्षेत्रबाट नेपाली सनुदायको नाम उच्च राख्न सक्षम प्रतिभावान नयाँ पिँढीलाई पनि सम्मन गरी हौसला प्रदान गर्ने नयाँ चलनको यसै संस्थाद्वारा सुरु गरिएको छ । तर उक्त कार्यसमितिले आयोजना गर्ने ठुला-साना कार्यक्रमहरूमा धेर-थोर आर्थिक सहयोग गरिरहेका दाताहरुलाई भने “कौन पुछे खेसरीका दाल” भने जस्तो गरिएको गुनासो पनि सुन्नमा आयो । लस एन्जलस वर-परका समस्त संस्थाका प्रमुखहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको तर समारोह स्थलमा आसन ग्रहण त परै जाओस् नाम पनि उच्चारण गरेको पाइएन ।

ड्यासमा आसिन सभापति, प्रमुख अतिथि र विशेष अतिथि आदिलाई खाता पनि नलागाएर अतिनै आधुनिक कार्यक्रम गर्ने व्यवस्थापन प्रति यी सबै पक्षहरूको बुझाई त्यति आधुनिक नभएको पनि हुन सक्छ । जे होस, नयाँ कार्य समितिको घोषणा गर्दै चुनाव समितिका सदस्य सचिव राजेन्द्र शिवाकोटीले पदाधिकारीहरुको नाम पढेर सुनाएका थिए । अध्यक्ष: चद्र शिवाकोटी, प्रथम उपाध्यक्ष बासु देव घिमिरे, उपाध्यक्ष : नवीन पोख्रेल महासचिव:नाम खाली, सचिव :नामा खाली , कोषाध्यक्ष :दिनेश साह, सदस्यहरू : सन्तोष पोख्रेल, डोल्मा लामा,सबल प्रसाईं,उत्तम थापा,योगेन्द्र बिमली, शम्सेर भण्डारी, तुलसा खरेल पाठक, सरिता शिवाकोटी ढकाल आदी रहेका छन् । नयाँ पदाधिकारीहरुलाई उमा कार्की थापा, शारदा श्रेष्ठ, ऋषि ढकालले अबिर, खादा, प्रमाणपत्र र पिन लगाई स्वागत गरेका थिए ।

नव निर्वाचित अध्यक्ष चन्द्र शिवाकोटीले निर्वाचन समितिलाई धन्यवाद दिँदै आफ्नो कार्यकाल उल्लेखनीय बनाउने प्रतिबद्धता व्यक्त गरे । देवी चरण घिमिरे, राम बाबु पाण्डे, शारदा श्रेष्ठ आदिले नव निर्वाचित कार्य समितिलाई बधाई ज्ञापन गरेका थिए । “परदेशी भूमिमा आफ्नो देश र नेपाली समुदायको हितमा काम गर्ने महान् उद्देस्य बोकेको यस नेपाल अमेरिका एकता समाजले भोलिका दिनहरूमा पनि सबै एल ए बासिहरुले एकता समाज हाम्रो आफ्नो संस्था हो भन्ने प्रत्याभुती गराउने कोसिसमा लाग्ने आशा गरेको छु” भन्दै महा वाणिज्य दुत ऋषि ढकालले आफ्नो व्यक्तिगत तर्फबाट र नेपाल सरकारको तर्फबाट पुरानो कार्यसमितिलाई धन्यवाद र नव निर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

अन्तमा, आफ्नो कार्यकाल सहज् सम्पन्न गर्न अहम भूमिका खेल्ने समस्त आफ्ना पदाधिकारीहरुलाई धन्यवाद, नयाँ कार्य समितिलाई बधाई तथा आफ्नो कार्य ब्यस्तताका बाबजुद हाम्रो निम्तोलाई स्विकारेर यहाँ उपस्थित हुनु भएका समस्त एल बासीलाई धन्यवाद दिँदै कार्यक्रमका सभापति सूर्य प्रसाईंले कार्यक्रमको समापन भएको घोषणा गरेका थिए ।

स्रोत : बिआरटी नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *