अब अमेरिकाबाट नेपाल पैसा पठाउन सजिलो

49 पटक पढिएको

काठमाडौं – अमेरिकामा रहेका नेपालीलाई स्वदेशमा पैसा पठाउन अब सहज हुने भएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकले अमेरिकाको अनलाइन नगद भुक्तानी सेवा प्रदायक विप्रेषण कम्पनी पेपलबाट विप्रेषण सेवाको सुरुआत गरेको जनाएको छ ।

यो सेवाको सुरुआतपछि अमेरिकामा रहेका नेपालीले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी पेपलमार्फत नेपालमा पृथ्वी रेमिटबाट भुक्तानी हुने गरी रकम पठाउनसक्ने व्यवस्था गरिएको बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

त्यसरी पठाएको रकम सो बैंकको खातामा तुरुन्तै जम्मा हुनेछ । नेपालमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाको खातामा पनि रकम जम्मा गर्न सकिने बंैकले जनाएको छ । पेपलमार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेन्ट बैंकको विप्रेषण सेवा पृथ्वी रेमिटका देशभर छरिएर रहेका आठ हजारभन्दा बढी भुक्तानी काउन्टरबाट समेत प्राप्त गर्न सकिनेछ । छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न सो माध्यम उपयुक्त हुने विश्वास लिइएको छ ।

यसअघि बैंकले विदेशमा रहेका नेपालीलाई पृथ्वी रेमिटमार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने उद्देश्यले भारतको एक्सिस बैंक र कुवेतको अल सुल्तान एक्चेञ्जसँग पनि सम्झौता गरेको थियो । रासस

तपाईको प्रतिक्रिया

अमेरिकामा कार दुर्घटनामा नुवाकोटका युवाको निधन

नर्थक्यारोलाइना (अमेरिका) - विगत सात वर्षदेखि अमेरिकामा बस्दै आएका एक नेपाली युवाको.. ...

एनआरएन अमेरिकाद्वारा आफ्ना सदस्यहरूलाई आर्थिक सहुलियत दिन सुरु

अमेरिका - गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएन अमेरिका) ले आफ्ना.. ...

डाउनटाउनको गल्लीदेखी टेबलमा माउस चलाऊने सम्मको मेरो यात्रा

रमेश श्रेष्ठ लस एन्जलस । सपना बोकेर धकेलिएं म, अमेरिका । चिनजान र आफन्तीको कमिका कारण.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

Today Exchange Rate