२०८१ वैशाख ८ गते | 20th of April 2024

एनआरएन क्यालिफोर्निया च्याप्टरद्वारा लस एन्जलसमा ‘नेपाली भाषामा सवारी चालक परिचय पत्र हस्ताक्षर अभियान’ शुरु

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १३ गते २१:४४

लस एन्जलस । एनआरएन क्यालिफोर्निया च्याप्टरको आयोजना, एनआरएन आईसीसी र एनआरएन अमेरिका एवम यसका च्याप्टरमा निर्वाचित पदाधिकारीहरु साथै लस एन्जलसमा सकृय सामाजिक संघ-संस्थाहरुको संयुक्त प्रयासमा ‘नेपाली भाषामा सवारी परिचय पत्र तथा क्यालिफोर्निया राज्यको सरकारी सेवाहरुमा ‘नेपाली भाषालाई पनि मान्यता दिलाउने’ अभियानस्वरुप हस्ताक्षर अभियान शुरु भएको छ ।

लायन्स क्लबहरुको प्रयासले शुरु भएको यो अभियानलाई अहिले क्यालिफोर्नियामा एनआरएनले स्थानिय संघ-संस्थाहरुसंगको समन्वयमा अभियानको अगुवाई गरेको छ । अभियानलाई मुर्तरुप दिन यही डिसेम्बर २८ तारिख बेलुकी ७:०० बजे तारा हिमालयन कुजिन आर्टेसियामा संयुक्त कार्यक्रमको आयोजना हुने जानकारी गराईएको छ ।

अमेरिकाको क्यलिफोर्निया राज्यमा बस्ने नेपाली भाषीहरूले आफ्नो मातृ भाषा नेपालीमा सवारी चालक परिचय पत्र निकाल्न नेपाली भाषामा परीक्षा दिन पाइने भनेर थालिएको अभियान सफल हुन धेरै गृहकार्य र खुड्किलाहरु भने पार गर्नुपर्नेछन । अभियानलाई सार्थक अधिकारिकता दिलाउन शुरु गरिएको हस्ताक्षर अभियानलाई सशक्त र प्रभावकारी ढङ्गले कार्यन्वयन गराउन क्यालिफोर्नियाका विभिन्न शहरमा क्रियाशील महावाणिज्यदुत, वाणिज्यदुत, पर्यटनदुत, चेम्बर लगायत बिभिन्न दुतका पदमा रहेका ब्यक्तिहरु, संम्पुर्ण संघ-संस्थाहरु, संस्थाका प्रमुख तथा तिनका पदाधिकारीहरू एवम सामाजिक अभियन्ताहरुसँग समन्वय र सहकार्य गर्दै यो कार्यक्रमको आयोजना गरिएको एनआरएन, क्यालिफोर्निया च्याप्टर अध्यक्ष रामबावु पाण्डेले जनाएका छन । अध्यक्ष पाण्डेले लस एन्जलसमा सकृय सबै संघ-सस्था, तिनका पदाधिकारी या प्रतिनिधिहरू एवम सम्पूर्ण सर्वसाधारण महानुभावहरुलाई उपस्थितिको लागि अनुरोध गरेका छन् ।

स्मरणिय छ, अमेरिकामा सकृय आठ लायन्स क्लबहरुको बिशेष पहल र निर्णयमा शुरु भएको अभियानले अभियानका केही प्रकृया पुरा गरिसकेको छ । सान्-फ्रान्सिस्को, स्याक्रोम्यान्टो, लस एन्जलस र सान्-डिएगो लगायतका स्थानमा बसोवास गर्ने नेपालीहरुले हस्ताक्षर अभियानलाई प्रचार गरिरहेका छन ।

लायन्स क्लब ४-सि ३ का डिस्ट्रिक्टका प्रथम नेपाली गभर्नर समाजसेवी लायन राजेन थापाको अगुवाईमा यो अभियानले जरो गाड्दै छ, भलै ‘शुरुवात र पहिलो पहल’का जस लिने-दिने होडबाजी त नेपालीको रोगै हो । कर्तब्य अब अभियान फलिफाप बनाउनु हो, सबैको ।

गत हप्ता हलिवूडखबरको वार्षिकोत्सवमा भाग लिन लस एन्जलसदेखी सान-फ्रान्सिस्को पुगेको महावाणिज्यदुत ॠषी ढकाल, एनआरएन अमेरिकाजकी महिला उप-संयोजक संगिता लम्साल सिवाकोटी, एनआरएन अमेरिकाकी उपाध्यक्ष उमा कार्की थापा, एनआरएन अमेरिकाकी महिला संयोजक ईन्दिरा त्रिपाठी, एनआरएन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष रामबाबु पाण्डे, अभियान्ता राजन अधिकारी टोलीले गभर्नर लायन राजेन थापा, यो अभियानका प्रेस संयोजक कृष्ण केसी, समाजसेवीहरु उत्तम कार्की, मणी पनेरु, नेपाली जनसम्पर्क समिती अमेरिकाका सचिव ईश्वर सापकोटा, केन्द्रिय सदस्य चन्द्र धिताल, गोकुल ढकाल, नेजाका महासचिव तोया दाहाल, वरिश्ठ पत्रकार रबी अधिकारी, एनआरएन क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष तुलसी चौंलागाईं, सचिव रोशन अधिकारी लगायतका नेपाली समाजका अगुवाहरुसंग भेटवार्ता गरी अभियानबारे अझै बुझ्ने प्रयास गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *