२०८१ वैशाख ८ गते | 20th of April 2024

केकीको ठेकी भाईरल

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १४ गते १९:०७

काठमाण्डौ – फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हुर्रे’को ‘ठेकीमा दही’ बोलको गीतलाई युट्युबमा दर्शकले निकै रुचाएका छन् । डिसेम्बर १ मा युट्युब आएको यो गीतलाई करीब ३ हप्तामा १० लाखभन्दा बढी पटक हेरिएको छ । ३ हजार बढी लाइक्स प्राप्त यो गीतको मिडियोलाई कमेन्ट बक्समा दर्शकले उत्साहजनक प्रतिक्रिया दिएका छन् ।

कमेडी शैलीको डान्सिङ नम्बर भएकै कारण गीतलाई रुचाइएको निर्माण पक्षको भनाइ छ । गीतमा नायिका केकी अधिकारीले आफूभन्दा तीन दशक बढी उमेरका राजाराम पौडेलसँग ठुम्का लगाएकी छिन् । गीतको भिडियोमा केकी र राजारामसँगै अर्का मुख्य अभिनेता अंकित खड्कालाई फिचर गरिएको छ ।

फिल्मको सार्वजनिक गीतमा राजनराज शिवाकोटी र मिलन आमात्यको स्वर छ । राजेन्द्र थापाको शब्दमा राजनराजले संगीत भरेका छन् । राजन इशानको एरेञ्ज छ । विक्रम स्वाँरले नृत्य निर्देशन गरेका छन् ।

यम थापाको लेखन निर्देशनमा बनेको फिल्ममा अनुपबिक्रम शाही, संगीता नापित लगायतका कलाकारहरुको पनि अभिनय छ । दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माणमा बनेको फिल्मलाई चन्दन दत्तले सम्पादन गरेका छन् ।

फिल्ममा केकीले पशुपतिमा फूल बेच्ने यूवतीको भूमिका निर्वाहा गरेकी छिन् । यस्तै, अनुपबिक्रम पशुपति मन्दिरमा पुजापाठ गर्ने पण्डित बनेका छन् ।

भिडियो : 

Leave a Reply

Your email address will not be published. Required fields are marked *