२०८१ वैशाख १३ गते | 25th of April 2024

इपिएल दोस्रो संस्करणको उपाधि विराटनगरलाई

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १५ गते १४:१०

काठमाडौँ, १५ पुस । यही पुस ३ गतेदेखि शुरु भएको सबैभन्दा धेरै पुरस्कार राशिको घरेलु क्रिकेट प्रतियोगिता ‘एभरेष्ट प्रिमियर लिग’ ९इपिएल०को दोस्रो संस्करणको उपाधि विराटनगर वारियर्सले हात पारेको छ ।

प्रतियोगितामा सहभागी काठमाडौ किंग्स इलेभेन, ललितपुर प्याट्रियोट्स, चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्सलाई पछि पार्दै विराटनगर वारियर्सले उपाधि चुमेको हो । जितसँगै विराटनगरले रु २१ लाख प्राप्त गरेको छ ।

शनिबार दर्शकले खचाखच भरिएको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा राष्ट्रिय टोलीका मुख्य खेलाडी शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै राष्ट्रिय टोलीका कप्तानसमेत रहेको पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले विराटनगरले उपाधि जितेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४९ रन बनाएको थियो । एकसय ५० रनको विजय लक्ष्यका साथ भेषवाकरको कप्तानीमा मैदान उत्रिएको भैरहवा ग्लाडियटर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो ।

क्रिकेट खेलको ‘एकै ओभरले हार जित दिलाउँछ’ भन्ने उक्ति आज त्रिवि खेल मैदानमा प्रमाणित भएको छ । ८ औँ ओभरसम्म आफ्नो नियन्त्रण राखेर खेलको अन्तिम २ ओभरमा टिक्न नसक्दा भैरहवा जितबाट विमुख भयो । अन्तिम २ ओभरमा मात्र भैरहवाले ५ विकेट गुमाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *