२०८१ वैशाख १५ गते | 27th of April 2024

कर्णालीवासीकै लगानीमा जलविद्युत् आयोजना

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १५ गते १४:१६

 

काठमाडौँ, १५ पुस । कर्णाली जलस्रोत लिमिटेडले कर्णाली क्षेत्रका जनताको सानो सानो पूँजी परिचालन गरेर विभिन्न जलविद्युत् आयोजना निर्माण गर्ने घोषणा गरेको छ ।

उक्त कम्पनीको आज यहाँ सम्पन्न साधारणसभामा दिइएको जानकारीअनुसार कूल छ मेगावाटको ‘माथिल्लो चौँरीखोला साना जलविद्युत् आयोजना’ निर्माण गर्ने घोषणा गरेको हो ।

कम्पनीका अध्यक्ष लोकबहादुर रावतले कर्णालीको आर्थिक विकासका लागि त्यहीँका जनतालाई परिचालन गर्ने र उनीहरुकै लगानीमा जलविद्युत् आयोजना निर्माण गर्न लागिएको जानकारी दिए ।

कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग विद्युुत् खरिद बिक्री सम्झौता गरिसकेको छ ।

त्यसैगरी, कम्पनीले म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा ४।२ मेगावाट ‘स्यानो खोला जलविद्युत् आयोजना’को समेत काम शुरु गरेको छ ।

उक्त आयोजनाको स्थलगत सम्भाव्यताको अध्ययन सम्पन्न भइसकेको र डिजाइन गर्ने कार्य इष्ट कन्सल्टले गरिरहेको जानकारी दिइयो ।

कम्पनीको मत्स्यपालन व्यवसाय सञ्चालनको पनि तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *