२०८१ वैशाख १३ गते | 25th of April 2024

एनआरएन अमेरिकाका अध्यक्ष डा. पौडेलद्वारा हेल्प डेस्कलाई सहयोग गर्न सवैमा आव्हान

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १५ गते १७:५८

अमेरिका । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिका (एनआरएन एनसीसी युएसए ) का अध्यक्ष डा केशव पौडेलले एक छापा बिज्ञप्ति जारी गर्दै हेल्प डेस्कलाई सहयोग गर्न सवैमा आव्हान गरेका छन् l

उनले उक्त छापा बिज्ञप्तिमा एन आर एन हेल्प डेस्क एक महत्वपूर्ण सुचना सँयन्त्र हो जसले आफ्नो १,८०० हेल्प लाइन, वेव साइट र स्टेट कमिटीका सदस्यहरुद्वारा सूचना प्रवाह गर्दै नेपाली समुदाय सदस्यहरुमा पुर्याउने कुरा चर्चा गरेका छन् l

उनले अगाडी भनेका छन् ,हेल्प डेस्क स्थानिय एन आर एन, स्थानिय संघ संस्थाहरु र समाजसेवीहरुको संयुक्त सँयन्त्र हो जसले आपत विपतको अवस्था र अन्य समयमा पनि समस्या परेका नेपाली समुदाय सदस्यहरुलाई समाधान वा न्युनीकरण गर्ने इमान्दार प्रयास गर्दछ भनि लेखेका छन् । साथै हेल्प डेस्क परियोजना एनआरएनए एनसीसी युएस्ए को एक महत्वपूर्ण परीयोजना हो भनि पुन:स्मरण गराएका छन् l

एनआरएनए एनसीसी युएसए को निर्वाचन पश्चात बसेको प्रथम बैठकले बिभिन्न समितिहरु मार्फत नेपालीहरुको सेवा पुर्याउने निर्णय गरे अनुसार सोही बैठकले सर्वसम्मत रुपमा एनआरएनए एनसीसी युएसए का उपाध्यक्ष (पश्चिम क्षेत्र) उमा कार्की थापालाई एनआरएन हेल्प डेस्क चेयर चयन गरेको थियो।

छापा विज्ञप्तिको पूर्ण पाठ जस्ताको तस्तै :

एनआरएनए एनसीसी युएसए को निर्वाचन पश्चात बसेको प्रथम बैठकले बिभिन्न समितिहरु मार्फत नेपालीहरुको सेवा पुर्याउने निर्णय गरेअनुसार सोही बैठकले सर्वसम्मत रुपमा NRN NCC USA उपाध्यक्ष (पश्चिम क्षेत्र) उमा कार्की थापालाई एनआरएन हेल्प डेस्क चेयर चयन गरेको थियो। उहॉद्वारा प्रस्तुत अवधारणापत्रमा निम्न बुँदाहरु महत्वपूर्ण छन:

मिसन :

देश काल परिस्थिती, माग र उपलब्ध श्रोत अनुसार अमेरिकाको कुनै पनि ठाउँमा रहेका नेपालीहरुलाई सहयोग गर्नु

भिजन :

अती आवश्यक सहयोग र सुचना उपलब्ध गर्दै व्रिहत जनहित अझ बढी सबल, सम्ब्रिद्द र सुरक्षामुलक नेपाली अमेरिकि समुदायको निर्माण गर्न पारस्परिक सहयोगको आदान प्रदान गर्ने
माथि उल्लखित मिसन अत भिजनलाई निम्न बुँदामा पनि बुझन सकिन्छ।

१. अती आवश्यक सहयोग

२. अती आवश्यक सुचना प्रवाह

३. पारस्परिक सहयोगको आदान प्रदान गर्ने

उद्देश्यहरु :

१. अमेरिकाका एनआरएन का सदस्यहरुलाई आकस्मिक तथा जानकारी मुलकसहयोग प्रदान गर्ने

२. एनआरएन हरुको हितको लागि शिप, दक्षता र साधन श्रोतलाई पदिचान गरी परीचालन गर्ने

प्रस्तावित कार्यक्रमहरु: महिना भित्र सम्पन्न गर्ने

१. प्रारम्भिक रुपमा गैर आवासिय सहयोग केन्द्रहरु विध्यमान २० राज्यहरुमा स्थापना गरी लागु गरिने छ।

२) आकास्मिक सेवा सन्चालन गर्न गुरुयोजना तयार गर्ने र चाहिने भौतिक आर्थिक र मानव श्रोतको व्यवस्थापना गर्ने

५) आकस्मिक घटना/ दुर्घटना हरुको उपलब्ध साधन श्रोत र समस्याको गम्भिरता हेरी सम्बोधन गर्ने

६) समस्याहरुको सम्वोधन गर्न एक निशुल्क सहयोग टेलिफोन (Toll Free Help line) सेवा स्थापना गरिने छ

दिर्घकालिन कार्यक्रमहरु :

१. कार्यक्रम संयुक्त राज्य अमेरिकाका ३० वा बढी राज्यहरुमा सन्चालन गरिने छ।

२. जनचेतना अभिवृद्दी गर्न शिपजन्य कार्यशाला गोष्ठी र तालिमहरु सन्चालन हुनेछन।

३. आकाशमिक सेवा प्रदान हुन थाल्ने छ।

४. आकस्मिक र अन्य समस्या सम्बोधन गर्न हेल्प लाइनलाई सातै दिन २४ घण्टा सेवामा परीणत गरिने छ जस्मा आवश्यकता अनुसार स्वचालित प्रश्नोत्तर बिधी समेत अपनाइने छ। 

५. उपयुक्त संगठन र निकायहरु मार्फत कानूनी, प्राग्यिक, तथा व्यवशायिक सेवाको लागि उत्प्रेरित र मार्गदर्शन गर्दै सेवा उपलब्ध गराइने छ। समस्याहरुको सम्वोधन गर्न एक निशुल्क सहयोग टेलिफोन (Toll Free Help line) सेवा स्थापना गरिने छ। यो प्रायोजनको लागि हेल्प डेस्क केन्द्रिय समितिले माग गरे अनुसार एन आर एन एन सि सि यु एस् ए बोर्डले हेल्प लाइनको लागि आर्थिक श्रोत निकासा गरी सकेको र १ ८०० ५९४ ७९३५नम्बर प्राप्त भईसकेको अवस्था छ। निकट भविष्यमा नै यो हेल्प लाईन अमेरिकाव्यापी रुपमा लागु हुने अपेक्षा गरिएको छ।

एन आर एन हेल्प डेस्क एक महत्वपूर्ण सुचना सँयन्त्र हो जसले आफ्नो १ ८०० हेल्प लाइन, वेव साइट र स्टेट कमिटीका सदस्यहरुद्वारा सुचना प्रवाह गर्दै नेपाली दाजु भाई दिदी बहिनिहरुलाई अत्यावसकीय पुर्याउँदछ। हेल्प डेस्क एक प्रारम्भिक सहयोगको एक महत्वपूर्ण कडी हो जसको माध्यमबाट समस्याको पहिचान गर्दै स्थानिय हेल्प डेस्क समिती वा फोकल पर्सन मार्फत उपलब्ध साधन श्रोतको आधारमा यथासक्य सहयोग पुर्याउँदछ।

हेल्प डेस्क स्थानिय एन आर एन, स्थानिय संघ संस्थाहरु र समाजसेवीहरुको संयुक्त सँयन्त्र हो जसले आपत विपतको अवस्था र अन्य समयमा पनि समस्या परेका नेपाली दाजु भाई दिदीबहिनिहरुको समस्याहरुलाई समाधान वा न्युनीकरण गर्ने इमान्दार प्रयास गर्दछ। हेल्प डेस्क परीयोजना एनआरएनए एनसीसी युएस्ए को एक महत्वपूर्ण परीयोजना हो जसलाई सहयोग पुर्‍याउनु प्रत्येक एनआरएन र नेपाली दाजु भाई तथा दिदीबहिनीहरुको कर्तव्य हुने भएकोले सम्पूर्ण एन आर एन च्याप्टर नेत्रृत्व, स्थानिय संघ संस्थाहरु र समाजसेविहरुमा हार्दिक आव्हान गर्दछु।

डा केशव पौडेल
अध्यक्ष
एनआरएनए एनसीसी युएसए

Leave a Reply

Your email address will not be published. Required fields are marked *