२०८१ वैशाख ८ गते | 20th of April 2024

डिसेम्बर ३१ पछि यी स्मार्टफोनमा चल्दैन ह्वाट्सएप

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १५ गते १८:४८

लोकप्रिय मेसेन्जर एप ह्वाट्सएप आगामी डिसेम्बर ३१ देखि केही स्मार्टफोनमा चल्नेछैन । कम्पनीले आफ्नो ब्लगपोष्टमा बताए अनुसार ब्ल्याकबेरी अपरेटिङ सिस्टम, ब्ल्याकबेरी १० तथा विन्डोज ८.० फोनमा डिसेम्बर ३१ पछि ह्वासएपले काम गर्नेछैन ।

कम्पनीका अनुसार यी प्लेटर्फमको प्रयोग गरिरहेका प्रयोगकर्ताले न कुनै नयाँ अकाउन्ट बनाउन सक्नेछन्, न त अहिले चलाइरहेको अकाउन्टलाई रि भेरिफाइ गर्न नै सक्नेछन् ।

ह्वाट्सएपले यसअघि पनि केही पूराना प्लेटर्फममा सपोर्ट बन्द गर्ने घोषणा गरिसकेको छ । सपोर्ट बन्द गरिसकेसँगै ती प्लेटर्फममा ह्वाट्सएपले भविष्यमा कुनै सेक्युरिटी अपडेट तथा नयाँ फिचर्स दिनेछैन ।

विन्डोज ८.० मा सपोर्ट बन्द गरे पनि विन्डोज ८.१ भर्सनमा चाहीँ ह्वाट्सएप चल्नेछ । उता ब्ल्याकबेरीले यसअघि नै घोषणा गरिकेको छ कि उसले कुनैपनि नयाँ स्मार्टफोन लञ्च गर्नेवाला छैन । पहिले नै ब्ल्याकबेरी १० र ब्ल्याकबेरी अपरेटिङ सिस्टमको प्रयोग बन्द गरिसकेको छ । अहिले ब्ल्याकबेरी ब्राण्डको नामबाट बजारमा आइरहेका फोनहरुको निर्माण चिनियाा कम्पनी टीसीएलले गरिरहेको छ, जसमा एन्ड्रोइड अपरेटिङ सिस्टमको प्रयोग गरिएको छ ।

ह्वासएपले उल्लेखित प्लेटर्फमका लागि केहीप्नि नयाँ डेभलप नगरिएको हुँदा कतिपय फिचर्सले जुनसुकै बेला काम गर्न बन्द गर्नसक्ने जनाएको छ । सपोर्ट बन्द गर्न लागेका प्लेटर्फमहरु ह्वाट्सएपका फिचर्सलाई भविष्यमा सम्हाल्न सक्नेगरी सक्षम नरहेका ह्वाट्सएपले जनाएको छ । त्यसैले ती अपरेटिङ सिस्टमवाला प्लेटर्फम प्रयोग गरिरहेका प्रयोगकर्तालाई नयाँ अपरेटिङ सिस्टम अपग्रेड गर्न ह्वाट्सएपले आग्रह गरेको छ ।

यो सँगै ह्वाट्सएपले आगामी डिसेम्बर २०१८ देखि नोकिया एस ४० तथा फेब्रुअरी २०२० पछि एन्ड्रोइड २.३.७ जिन्जरब्रेडलाई पनि सपोर्ट बन्द गर्ने घोषणा गरेको छ ।

एन्ड्रोइड २.३.३ भन्दा पूराना भर्सन, विन्डोज फोन सेभेन, आइओएस ६ तथा नोकिया सिम्बियन एस६० मा ह्वाट्सएपले यसअघि नै सपोर्ट बन्द गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *