२०८१ वैशाख ११ गते | 23rd of April 2024

अनेसास नर्दन क्यालिफोर्नियाद्दारा प्रणय दिवस कविता गोष्ठीको आयोजना गरिदैं

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १६ गते १९:४५

सान-फ्रान्सिस्को । अन्तराष्ट्रिय नेपाली साहित्य समाज नर्दन क्यालिफोर्निया (अनेसास) बे एरीयामा च्याप्टरले यस भन्दा पूर्व गर्दै आएका साहित्य कार्यक्रम जस्तै यस पटक पनि प्रणय बिषेश कविता गोष्ठी कार्यक्रम गर्ने निर्णय गरेको छ ।

नेपाली भाषा र साहित्यको संरक्षण संबर्धनको निम्ति यो कार्यक्रम गर्न लागिएको कुरा सम्पूर्ण बेएरिया वासिलाई जानाकारी गराउन चाहन्छौ।जस अन्तर्गत यस पटकको कार्यक्रम सनिभेल एरियामा बस्दै आउनु भएकी अनेसासकी सक्रिय सदस्य तथा बेएरिया सनिभेल च्यापटरकी उपाध्यक्ष गीता बजगाईं (अधिकारी) को संयोजकत्व तथा हरिहर दाहल, नारायण खनाल र अन्य साथीहरूको सहयोगमा हुन गईरहेको छ । तसर्थ, यस एरियामा बस्नु हुने सम्पूर्ण बा, आमा, दिदी-बहिनी, दाजु-भाइहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ ।

सनिभेलमा बसोवास गर्ने तपाई हाम्रा आदर्णीय र सम्माननीय वर्गहरू प्रति आभारी छौ। हजूरहरू पक्कै पनि यस कार्यक्रममा पाल्नु भई यसलाई भव्य र सभ्य बनाई दिनुहुनेछ भन्ने आशा लिएका छौ । कार्यक्रम यहि (2018 February 4 Sunday ) हुँदैछ। नबिर्सनु है।प्रणय बिषेश कार्यक्रममा गएर यसलाई प्रेमीलमय बनाईदिनु हुन अनुरोध गर्दछौँ ।

यस प्रणय बिशेष कविगोष्ठीमा समावेस गरिने विषय वस्तु (कविता, गजल, गीत, लघु कथा, चुट्किलाहररू छन् )वाचन गर्दा बढिमा ५ मिनेट भन्दा लामो हुन नहुने व्यवस्था गरिएको छ । आफ्ना रचना January ३० भित्र ‘बाबु आचार्यको “फोनमा मेसेज वा इमेलमा गरि आफ्नो नाम र शिर्षक सहित पठाउनु पर्ने छ ।([email protected] )पुन: यहाँहरूलाई हार्दिक अनुरोध गर्दछौ।लौ त त्यहि भेटौला।

कार्यक्रम स्थल : 460 E Middlefield Rd, (Hope Service Center) Mountain View
समय : 11 :00am- 2.30pm Sharp

  • बाबु आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *