२०८१ वैशाख १५ गते | 27th of April 2024

मेस्सी श्रीमतीसँग, रोनाल्डो १५ ट्रफीसँग

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १८ गते ३:४३

 

पुस १८ – विश्वका सर्वोत्कृष्ट दुई फुटबलर क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीले फरक फरक तरिकाले नयाँ वर्षको स्वागत गरेका छन् ।

यो वर्ष पाँचौँपटक बोलोन डी’ओर अवार्ड जितेर मेस्सीसँग अवार्डमा बराबरी गरेका रोनाल्डोले गृहनगर मदेइरामा आफूले अहिलेसम्म पाएका १५ व्यक्तिगत ट्रफी तथा अवार्डसहित फोटो खिचाएर नयाँ वर्षको स्वागत गरेका छन् ।

मेस्सीले भने निकै शालिन तरिकाले नयाँ वर्षको उत्सव मनाएका छन् । उनले घरमा श्रीमतीसँग मुस्कुराउँदै फोटो खिचाएर नयाँ वर्षको स्वागत गरेका हुन् । मेस्सी र उनीकी श्रीमती एन्टोनिला रोकुजोले सामान्य रुपमा नयाँ वर्ष मनाएका हुन् । मेस्सी तेस्रोपटक पिता बन्दैछन् ।

मेस्सी अहिले पनि विश्वको उत्कृष्ट खेलाडी रहेको बार्सिलोनाका प्रशिक्षक एरनेस्तो वाल्वेर्डेले बताएका छन् । ३० वर्षे मेस्सीले यो सिजन अहिलेसम्म क्लबबाट २५ खेलमा १९ गोल गरेका छन् ।

रोनाल्डोले भने यो सिजन च्याम्पियन्स लिग र राष्ट्रिय टिमबाट राम्रो गरे पनि ला लिगामा भने खासै राम्रो प्रदर्शन गर्न सकेका छैनन् । उनले २२ खेलमा १६ गोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *