२०८१ वैशाख ७ गते | 19th of April 2024

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १९ गते १४:३१

काठमाडौँ, १९ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन ।प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले पहिलो पटक सर्वदलीय बैठक आह्वान गरेका हुन ।

नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीलगायत दलका शीर्ष नेताको बैठक बिहीबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *