२०८१ वैशाख १३ गते | 25th of April 2024

निःशुल्क स्वास्थ्य विमाका लागी नेविसंघ हस्ताक्षर अभियान

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २० गते १:५८

काठमाडौँ – नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले देशभरका सबै स्थानीय तहमा विद्यार्थीका लागि निःशुल्क स्वास्थ्य वीमाको व्यवस्था गर्न माग गरेका छन् ।

हिमालय पोष्टसंग कुराकानी गर्दै उनले भने, ‘विद्यार्थीको शक्षिक गुणस्तरको र विद्यालय जाने वातावरणका विकासका लागि सरकारले निःशुल्क स्वास्थ्य वीमाको प्रबन्ध गर्नुपर्छ ।’ मन्टेश्वरीदेखि युनिभर्सिटीसम्मका ८० लाख भन्दा बढी विद्यार्थीको लागि निशुल्क स्वास्थ्य वीमाको प्रबन्ध सरकारले गर्नुपर्ने बताउँदै उनले वर्तमान सरकारसंग कुरा राखिसकेको बताए ।

‘वीमाका लागि एउटाले विद्यार्थीको २५ सयजति विमाको शुल्क तिर्ने गरी गरेमा २० अर्बभन्दा बढी यसको लागत हुन सक्छ । त्यो रकमलाई उनीहरुको विकास र व्ववस्थापनको क्षेत्रमा लगाउनु पर्छ । वर्तमान सरकारसंग हामीले यो कुरा राखिसकेका छौँ’ उनले भने, ‘देशभरका सबै विद्यार्थीहरुलाई यस अभियानको पक्षमा हस्ताक्षर क्याम्पियन गछौँ र यसको कार्यान्वयन नभएसम्म हाम्रो आन्दोलनको भेल रोकिँदैन ।’

साथै विकासमा फड्को मार्नका लागि प्राविधिक शिक्षाको विकल्प नभएको बताउँदै उनले देशका ७४४ स्थानीय तहमा नै प्रविधिक शिक्षा खोल्नुपर्ने धारणा राखे ।

१२ कक्षा पास गरिसकेपछि विपन्न वर्गका विद्यार्थीले पढ्न पाउने वातावरणको विकास गर्नका लागि शैक्षिक ऋणको व्यवस्था सबै ठाउँमा कार्यान्वयन गनुपर्ने उनले बताए । विद्यार्थीको वौद्धिक स्तरोन्नतीको लागि इलाइबेरीको केन्सेप्ट विकास गर्नुपर्ने समेत उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *