२०८१ वैशाख १३ गते | 25th of April 2024

२०१७ का टपटेन युट्युब भिडियोहरु

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २० गते २०:०४

युट्युबले हालै वर्ष स्न् २०१७ का सबैभन्दा लोकप्रिय भिडियोको सूचि सार्वजनिक गरेको छ । उसले युट्युबमा सबैभन्दा धेरै भ्यूज, लाइक्स, कमेन्ट्स, तथा शेयर प्राप्त गर्ने लोकप्रिय भिडियोहरुको विधागत सूचि सार्वजनिक गरेको हो ।

यी हुन् गत अंग्रेजी वर्षका टपटेन युट्युब भिडियोहरुः

१. Until We Will Become Dust – Oyster Masked: थाइल्याण्डको रियालिटी शो  The Mask Singer को यस भिडियो सन् २०१७ मा सबैभन्दा लोकप्रिय भिडियोको पहिलो नम्बरमा परेको छ ।

जुन महिनामा युट्युबमा हालिएको यस भिडियोलाई २० करोड ४० लाख भन्दा धेरैले हेरिसकेका छन् ।

साथै यसले झण्डै ६ लाख लाइक पाएको छ भने ५८ हजार भन्दा धेरै कमेन्ट्स प्राप्त गरेको छ ।

२. ED SHEERAN – Shape of You : अमेरिकी कोरियोग्राफर काइल हानागामीको शेप अफ यू गीतमा गरेको कोरियोग्राफीको भिडियो सन् २०१७ मा दोश्रो सर्वाधिक लोकप्रिय भिडियो बनेको छ ।

यो भिडियो १२ करोड ७० लाख पटक हेरिनुका साथै १० लाख लाइक र ३० हजार कमेन्ट्स प्राप्त गरेको छ ।

३. Ping Pong Trick Shots 3 : अमेरिकी खेल मनोरञ्जन युट्युब च्यानल Dude Perfect  को टेबल टेनिस अर्थात् पिंग पोंग खेलको ट्रिक्स लगायतका रोचक खेल समावेश गरिएको यस भिडियो यस वर्षको सर्वाधिक लोकप्रिय भिडियोको तेश्रो नम्बरमा परेको छ ।

यस भिडियोलाई १० करोड भन्दा बढि पटक हेरिएको छ भने ३० लाख लाइक र ४ लाख ३६ हजार भन्दा धेरै कमेन्ट्स प्राप्त भएका छन् ।

४. Darci Lynne: 12-Year-Old Singing Ventriloquist Gets Golden Buzzer: अमेरिकी रियालिटी टिभी शो America’s Got Talent 2017 यी १२ वर्षे बालिकाले प्रस्तुत गरेको गुडियाको प्रस्तुतियुक्त भिडियो निकै लोकप्रिय बन्यो ।

यी बालिका यस सिजनकी विजेता पनि बनेकी छिन् ।

यो भिडियो ४ करोड ३४ लाख पटक हेरिएको छ भने ३९ लाख लाइक तथा २३ हजार कमेन्ट्स प्राप्त गरेको छ ।

५. Ed Sheeran Carpool Karaoke : चर्चित टेलिभिजन शो Carpool Karaoke मा लोकप्रिय पप गायक Ed Sheeran लाई प्रस्तुत गरिएको यस भिडियो सन् २०१७ मा युट्युबमा सर्वाधिक लोकप्रिय पाँचौ भिडियो बन्न सफल भयो ।

 

यो भिडियोलाई ४ करोड १३ लाख भन्दा बढीपटक हेरिनुका साथै १० लाख लाइक र ४९ हजार कमेन्ट्स प्राप्त भएका छन् ।

६. Lady Gaga’s FULL Pepsi Zero Sugar Super Bowl LI Halftime Show: अमेरिकाको टेक्सासमा गत फेब्रुअरी ५ मा आयोजित The Super Bowl LI Halftime show  मा पपस्टार लेडी गागाले दिएको चर्चित प्रस्तुतीको भिडियोले युट्युबमा पनि धूम मच्चाउन सफल भयो ।

यस भिडियो लाई ३ करोड ८२ लाख पटक हेरिनुका साथै झण्डै ५ लाख लाइक्स तथा ५४ हजार कमेन्ट्स प्राप्त भएका छन् ।

७. INAUGURATION DAY” — A Bad Lip Reading of Donald Trump’s Inauguration : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपति पदको सपथग्रहण समारोहमा ट्रम्प र अन्य पाहुनाले बोलेका कुराहरुलाई ओठको चाल मिल्नेगरी व्यंग्यात्मक तथा रोचक ढंगले क्यारिकेचर शैलीमा डविङ गरी तयार पारिएको रोचक भिडियो अहिलेसम्म ३ करोड ६० लाख पटक हेरिसकिएको छ भने ५ लाख भन्दा बढि लाइक र झण्डै २७ हजार कमेन्ट्स प्राप्त गरेको छ ।



८. history of the entire world, i guess : Bill Wurtz को यस एनिमेटेड भिडियो ३ करोड ७० लाख पटक हेरिनुका साथै १० लाख लाइक र १ लाख ३४ हजार कमेन्ट्स प्राप्त गरेको छ ।

९.  In a Heartbeat – Animated Short Film: यो शर्ट फिल्म अहिलेसम्म युट्युबमा ३ करोड ३३ लाखले हेरेका छन् भने १० लाख लाइक्स र ३ लाख २३ हजारभन्दा धेरै कमेन्ट्स प्राप्त भैसकेका छन् ।

१०. Children interrupt BBC News interview – BBC Newsबीबीसीले प्रोफेसर रोबर्ट केलीसँग लाइभ स्काइपी भिडियो अन्तर्वार्ता लिँदै गर्दा प्रोफेसरको कोठामा उनकी सानी छोरी छिरेर चल्न थालेको र पछि उनको सानो छोरा पनि गुड्दै कोठाभित्र छिरेपछि अन्तर्वार्ता नै एकछिन बिथोलिएको थियाे । त्यसपछि उनकी पत्नी आएर बच्चालाई लिएर गएको भिडियो युट्युबमा निकै लोकप्रिय बन्यो ।

यो भिडियो युट्यबुमा २ करोड ६२ लाख पटक हेरिएको छ भने अढाई लाख लाइक तथा २७ हजार कमेन्ट प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *