२०८१ वैशाख ७ गते | 19th of April 2024

नेजा–एनआरएन अमेरिका अन्तरक्रिया ‘प्रतिज्ञाका १०० दिन’

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २३ गते ०:०१

हुस्टन । नेपाल अमेरिका पत्रकार संघ नेजाले एनआरएन अमेरिकाको नयाँ कार्यसमितिसँग टेक्ससको ह्वुस्टनमा अन्तरक्रिया गर्ने भएको छ ।

जनवरी ७ तारिक अर्थात अगामी आइतवार दिउसो गरिने कार्यक्रममा एनआरएन अमेरिकाका पदाधिकारी , स्थानिय  र पत्रकारहरुको सहभागिता रहने छ । निर्वाचनको अवधिमा एनआरएन पदाधिकारीहरुले गरेका प्रतिवद्धता कसरी कार्यन्वयनमा ल्याउदै छन् भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुने छ । वितेका सय दिनमा आफ्ना घोषणा पत्र र प्रतिवद्धता कार्यन्वयनमा के कति प्रगति भए एनआरएन पदाधिकारिहरुले जवाफ दिनु पर्ने हुन्छ ।

चुनावका वेला गरिएका प्रतिज्ञाको अवज्ञा हुन नदिन यो कार्यक्रमले एनआरएन नेतृत्वलाई झकझक्याउने नेजाले विस्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *