२०८१ वैशाख १२ गते | 24th of April 2024

डिसीमा अनेसास सर्बोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोह कार्यक्रम सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २३ गते २:४६

विजय थापा  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुई वर्षमा विश्वभरिका नेपाली साहित्यकारहरुका विभिन्न विधाका कृतिलाई प्रदान गर्दै आएको अनेसास उत्कृष्ट पुस्तक पुरस्कार २०१७ वितरण समारोह सम्पन्न भएको छ l

उक्त कार्यक्रमका लागि अनेसासका पूर्व पदाधिकारीहरु ,अमेरिकाका विभिन्न राज्यहरु बाट आएका पदाधिकारी ,साहित्यकार,अतिथि तथा बिभिन्न संघ/संस्थाका प्रतिनिधिहरु को सहभागिता रहेको छ l

कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि )ले कार्यक्रमको पानसमा बत्ति बालि उद्घाटन गर्नु भएको थियो l कार्यक्रममा राजदुत कार्कीले मन्तब्य राख्ने क्रममा बिदेशमा भाषा संस्कृतिलाई साहित्यकारहरुले योगदान गरेको कुराको प्रशंसा गर्न चाहेको बताउनु भयो l राजदुत कार्कीले नेपाल सरकार र राजदुतावास को तर्फ बाट बिजेता हरु लाई बधाई दिदै कार्यक्रम सफलताको कामना गर्नु भयो l

अमेरिकामा जन्मेका दोश्रा पुस्ताका बालिकाहरुले नेपाली तथा अंग्रेजी दुवै देशका राष्ट्रिय गीत गाएका थिए l कार्यक्रमको सभापतित्व केन्द्रिय अध्यक्ष पदम बिश्वकर्माले गरेका छन भने संस्थापक अध्यक्ष होमनाथ सुबेदी ,पूर्व अध्यक्षहरु ,बोर्ड अफ ट्रस्टीका सभापति डा श्याम कार्की , अनेसास बोर्ड अफ ट्रस्टिज् पुरस्कार समितिका अध्यक्ष सीता पाण्डे लगायत अन्यको उपस्थिति रहेको थियो l

बोर्ड अफ ट्रस्टीका सभापति डा श्याम कार्कीले सर्बोत्कृष्ट पुरस्कार अब क्षेत्रीय रुपमा गर्नु पर्ने बताउनु भयो l यसको साथै बिजेताहरुका पुस्तक कम्तिमा पनि एक हजार बेच्ने प्रयास गर्नु पर्ने कुरामा जोड दिनु भयो l कार्कीले अनेसास उत्कृष्ट पुरस्कार का बिजेताका पुस्तक लाई अरुको जन्म दिवस तथा अन्य कार्यक्रम मा किन नदिने भन्नु भयो l

कार्यक्रम तीन चरणमा गरिएको थियो भने उक्त कार्यक्रममा उपन्यासकार कृष्ण धरावासीको ग्रेट फल्स उपन्यास वर्ष २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तकका रुपमा घोषित भएकोले पुरस्कार सहित अमेरिकी डलर $ १,५०० नगद प्रदान गरियो l

कार्यकममा बिजेताहरुमा मन्तब्य गर्ने क्रममा उनले पुरस्कार प्राप्त गरे पछि कृष्ण धरावासीले उनको पुस्तक ग्रेट फल्सले डायसपोरिक लाई स मातेको छ भन्नु भयो l वहाले उक्त पुस्तक जीवन र संघर्ष मा आधारित छ l उनले अगाडी पुस्तक बारेमा कुरा राख्दै पुस्तक कल्पना र सत्य मिसिएको बताउनु भयो l

कृष्ण धरावासीको अंग्रेजी पुस्तक राधा ,बिमला निरौला को सिडी तथा नर्बे बाट आएका बैज्ञानिक संसार एक पाठशाला को समेत बिमोचन गरियो l यसै गरि मन्तब्य तथा शुभकामना दिने क्रममा अनेसास पुरस्कार वितरण कि सभापति सीता पाण्डे ,महा बाणिज्य दूत प्रेम राजा महत ,यूवा साहित्यकार ह्यारी एचबि भण्डारी ,अनेसास का संस्थापक अध्यक्ष होमनाथ सुबेदी ,नर्वेका साहित्यकार तथा बैज्ञानिक बिशाल सिटौला ,अनेसास का बोर्ड अफ ट्रस्टिका रोहिणी शर्माले बोल्नु भएको थियो l

अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदी ले आफूले प्राप्त गरेको २ हजार डलर को रकम व्यक्तिगत रुपमा खर्च नगरी किताब प्रकाशनमा खर्च गर्ने घोषणा गर्नु भएको छ l यसै गरि अनेसास को आफ्नै एक भवन डिसीमा क्षेत्रमा खरिद गर्ने बिषयमा चर्चा गरिएको र त्यसका लागि अग्रिम रुपमा केही रकम प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन l

१९ जना पुरस्कृतहुनेहरुमा अधिकाश उपस्थित भएका थिएनन् l उपस्थित हुनेहरुमा अनेसास शान्तिराम ढकाल अन्तर्राष्ट्रिय नवप्रतिभा साहित्य पुरस्कार शकुन ज्ञवालीको तिमी र म कवितासङ्ग्रहलाई प्रदान गरिएको छ l यसै गरी अनेसास शिव लामिछाने सर्वोत्कृष्ट छन्दोबद्ध काव्य पुरस्कारका लागि कवि सुदीपभद्र खनालको भुइँफूलको गीत कवितासङ्ग्रहलाई दिइएको छ l

यसै गरि अनेसास गोबर्धन पूजा अन्तर्राष्ट्रिय भाषासाहित्य पुरस्कारका लागि कवयित्री कल्पना सत्यालको कवितासङ्ग्रह द विलो लाई दिएको छ l
कार्यक्रम बोर्ड अफ ट्रस्टीका सचिव शिब लामिछाने ले गर्नु भएको थियो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *